अर्थतन्त्र

घरदैलोमा उत्तममान बुद्धाचार्य : ‘सक्षम र पारदर्शी नेतृत्वमार्फत व्यवसायीका समस्या समाधान गर्छु’

कास्की भदौ १६ पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत गर्ने उद्देश्यसहित बुद्धाचार्यले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । भेटघाटका क्रममा उनले संघलाई सक्षम, पारदर्शी र समन्वयकारी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । बुद्धाचार्यले व्यवसायीका पीडा र समस्यालाई सुन्ने, बुझ्ने र समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने नेतृत्व… पुरा पढौ

लायन्स क्लब अफ निसीखोला बागलुङको प्रथम वार्षिकोत्सवमा वृक्षरोपण कार्यक्रम

बागलुङ, भदौ १५ लायन्स क्लब अफ निसीखोला बागलुङले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरेर मनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएकाे क्लबले जनाएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत रहेको क्लबले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षरोपण अभियान सञ्चालन गरिएको हो। क्लबले स्थानीय समुदाय, समाजसेवी, युवा तथा सरोकारवालाहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवा रोपेकाे जनाएको छ। क्लबका पदाधिकारीहरूले वृक्षरोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न, जलवायु परिवर्तनका… पुरा पढौ

कृष्णभीरमा बाढीको कटानपछि काठमाडौं–मुग्लिन सडक पूर्ण अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं, भदौ १४ । त्रिशूली नदीमा आएको बाढीले धादिङको कृष्णभीर क्षेत्रमा सडक कटान गरेपछि देशको प्रमुख राजमार्ग काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि कृष्णभीर नजिक सडकको तल्लो भाग कटान भएको हो। कटानका कारण सडकको केही भाग भासिएपछि यातायात सञ्चालन पूर्ण रूपमा रोकिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीले सडकको आधार भाग कटान गरेपछि सडक असुरक्षित बनेको र थप क्षति हुन सक्ने जोखिमका कारण यातायात बन्द गरिएको हो।… पुरा पढौ

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित

काठमाडौं, भदौ १४ — देशका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित गरिएको छ। आईटीसी आइकनकी प्रोपाइटर शोभा अर्यालले एक विज्ञप्ति जारी गर्दै विपद्को यस दुःखद घडीमा बाढी तथा पहिरो प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिएकी हुन्। अर्यालका अनुसार तीजको अवसर पारेर आयोजना गर्ने तयारी गरिएको उक्त कार्यक्रम अब तीजपछि उपयुक्त मितिमा सञ्चालन गरिनेछ। कार्यक्रमको नयाँ मिति र समयबारे आवश्यक परामर्शपछि सार्वजनिक गरिने… पुरा पढौ

आफ्नै क्षति बिर्सेर भोटेकोशी बाढीपीडितको सहायतामा रन्जना ट्रेड सेन्टरका व्यवसायी

काठमाडौं, भदौ १४ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याइरहेका बेला काठमाडौंको रन्जना ट्रेड सेन्टरका व्यवसायीहरूले आफ्नै पीडा बिर्सेर बाढीपीडितको सहयोगमा उदाहरणीय मानवीयता देखाएका छन्। व्यवसायीहरूले आफूहरू पनि आर्थिक रूपमा प्रभावित रहेको उल्लेख गर्दै विपद्को यस घडीमा धनभन्दा जनताको जीवन रक्षा र राहतलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार लाखौं रुपैयाँ बराबरको सामान तथा व्यापारिक क्षति व्यहोरे पनि विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक दायित्व भएको महसुस गर्दै सहयोग अभियानमा जुटेका… पुरा पढौ

तीजको दरभन्दा मानवीयता ठूलो : रत्नेचौर आमा समूहद्वारा बाढीपीडितलाई ३८ हजार सहयोग

म्याग्दी, भदौ १४ प्राकृतिक विपत्तिले देश आक्रान्त बनेको बेला म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरस्थित चेतनशील आमा समूहले मानवताको उदाहरण प्रस्तुत गरेको छ। समूहले तीज पर्वका अवसरमा दर खाने कार्यक्रमका लागि छुट्याएको ३८ हजार रुपैयाँ रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि सहयोग गरेको हो। भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि समूहले मनोरञ्जन र उत्सवभन्दा पीडितको दुःखमा साथ दिनु ठूलो धर्म भएको निष्कर्षसहित सहयोग रकम उपलब्ध गराएको जनाएको छ। समूहले विपत्तिमा… पुरा पढौ

बाढीपीडितको सहायतामा गैरे दम्पतीको उदाहरणीय योगदान, १० लाख १ हजार १ सय रुपैयाँ सहयोग

देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि समाजसेवी एवं सामाजिक अभियन्ता प्रकाश दीप गैरे र सुशीला कट्टेल गैरेले १० लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। सच्चाई केन्द्र नेपालका प्रमुख तथा आकांक्षा टुर्स एण्ड ट्राभल्स पोखरा प्रालिका प्रबन्ध निर्देशक प्रकाश दीप गैरे र सच्चाई केन्द्र नेपालकी उपप्रमुख सुशीला कट्टेल गैरेले विपद्पीडित नागरिकको सहयोगार्थ उक्त रकम उपलब्ध गराएका हुन्। गैरे दम्पतीले व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक क्षेत्रको तर्फबाट विपद्मा… पुरा पढौ

विपत्तिको घडीमा बागलुङका लायन्स एकजुट, बाढीपीडितलाई करिब ४ लाख सहयोग

बागलुङ, भदौ १३ बागलुङमा क्रियाशील लायन्स क्लबहरूले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ३ लाख ९० हजार ५ सय ७९ रुपैयाँ आर्थिक सहयोग संकलन गरेका छन्। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागलुङ जिल्लामा रहेका १५ वटा लायन्स क्लबका सदस्यहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरी बाढीपीडितका लागि जिल्ला हुँदै केन्द्रमा पठाएका हुन्। लायन्सका जोन चेयरपर्सन गणेश महतोका अनुसार संकलित रकम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालमार्फत… पुरा पढौ

तीजको रमाइलो त्यागेर बाढीपीडितको साथमा चिप्लेटी महिला समूह, प्रधानमन्त्री राहत कोषमा सहयोग

बागलुङ, भदौ १२ बागलुङको चिप्लेटी महिला समूहले हरितालिका तीज पर्वका अवसरमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम स्थगित गर्दै बाढीपहिरो प्रभावितहरूको राहतका लागि सहयोग रकम प्रदान गरेको छ। समूहले भदौ १७ गते बागलुङस्थित इला कन्फर्टमा आयोजना गर्ने तयारी गरेको तीज विशेष कार्यक्रम रद्द गरी त्यसका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको हो। समूहले राहत कोषमा ३६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको जानकारी समूहकी प्रतिनिधि गीता थापाले दिइन्। हालै रसुवा लगायत देशका विभिन्न क्षेत्रमा आएको… पुरा पढौ

“तीजको रमाइलो त्यागेर बाढीपीडितको सहारामा उभिए पोखराका दिदीबहिनी”

कास्की भदौ १२ पोखरा, भदौ १२ – पोखरा ट्रेडमलमा व्यवसाय सञ्चालन गर्दै आएका महिला व्यवसायीहरूको संस्था ‘दिदीबहिनी समूह’ले यस वर्ष तीज पर्व मनाउन छुट्याएको रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ। समूहले यस वर्ष तीज विशेष कार्यक्रम आयोजना नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको ५० हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढी प्रभावितको सहयोगार्थ प्रदान गरेको जनाएको छ। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय… पुरा पढौ