अर्थतन्त्र

लोकदोहोरी व्यवसायी एकताबद्ध, कास्की लोकदोहोरी व्यवसायी संघको औपचारिक गठन

पोखरा, असार ११ कास्की जिल्लामा सञ्चालनमा रहेका लोकदोहोरी तथा रोधीघर व्यवसायीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यसहित कास्की लोकदोहोरी व्यवसायी संघ औपचारिक रूपमा गठन गरिएको छ। पोखरामा सम्पन्न व्यवसायीहरूको भेलाले होम गुरुङको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको सचिवमा तेज चालिसे, कोषाध्यक्षमा विशाल मगर तथा सदस्यहरूमा करिश्मा बराल र नौजङ गुरुङ निर्वाचित भएका छन्। नवनिर्मित संघले लोकदोहोरी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको… पुरा पढौ

कफी उत्पादनमा गोफी जातको महत्व बढ्दै

काठमाडौं, २४ जून — नेपालमा कफी उत्पादनमा प्रयोग हुने विभिन्न जातमध्ये गोफी जातले पछिल्लो समय विशेष महत्व हासिल गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार गोफी जातले उत्पादन क्षमता, रोग प्रतिरोधात्मक क्षमता, र स्वादमा विशिष्टता प्रदान गर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन्। कृषि विज्ञहरूका अनुसार गोफी जातको प्रयोगले किसानहरूको आयमा वृद्धि हुनुका साथै निर्यातमा पनि सकारात्मक प्रभाव पारेको छ। हाल नेपालका विभिन्न जिल्लामा गोफी जातको खेती विस्तार भइरहेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक लाभ दिलाउने अपेक्षा गरिएको छ। अनुसन्धान प्रतिवेदनले देखाएको छ… पुरा पढौ

शिव हमाल, निशा के.सी. र सुशीला गौतमको भक्तिमय प्रस्तुति ‘हे प्रभु’ सार्वजनिक हुँदै

काठमाडौं । नेपाली भक्ति संगीत क्षेत्रमा नयाँ आध्यात्मिक कोसेलीका रूपमा ‘हे प्रभु : भगवानको महिमा–२’ बोलको गीत तथा म्युजिक भिडियो आगामी बिहीबार सार्वजनिक हुने भएको छ। गायिका निशा के.सी.को प्रस्तुति रहेको यस भजनमा निशा के.सी., शिव हमाल र सुशीला गौतमको सुमधुर स्वर सुन्न सकिनेछ। गीतमा शिव हमालको शब्द तथा निशा के.सी.को संगीत रहेको छ भने संगीत संयोजन सुनिल परियारले गरेका छन्। श्रद्धा, भक्ति र समर्पणको भावलाई केन्द्रमा राखेर तयार पारिएको यस भजनले भगवानप्रतिको आस्था, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्ने… पुरा पढौ

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

काठमाडौं । चलचित्र ‘महाराजधिराज’ मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन्। चलचित्रको छायांकन जारी रहेका बेला उनी निर्माण टिममा आबद्ध भएकी हुन्। सोमबार चलचित्रको ३३औँ दिनको छायांकन चलिरहँदा निर्माण पक्षले पूजनालाई चलचित्रमा अनुबन्ध गरिएको जानकारी दिएको हो। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले भने, “हामी एक सक्षम र अनुभवी कलाकारको खोजीमा थियौँ। त्यसैले पूजनालाई चलचित्रमा अनुबन्ध गरेका हौँ। उहाँको आगमनले हाम्रो टिम अझ सशक्त बनेको छ।” हाल चलचित्रको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ। सुनसरीस्थित श्रीलंका टापुबाट सुरु भएको छायांकन अहिले काठमाडौं… पुरा पढौ

मौलिक संस्कृति संरक्षण अभियान ‘धुन माटो’

नेपाली मौलिक कला, संस्कृति, भाका तथा परम्पराको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यसहित ‘धुन माटो’ कार्यक्रमको औपचारिक उद्घाटन असार १३ गते काठमाडौंमा हुने भएको छ। नेपालका गाउँबस्ती, कुना–कन्दरामा लुकेर रहेका मौलिक भाका, शब्द, संस्कृति, रहनसहन, स्थानीय उत्पादन तथा पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। पुर्खाका पालादेखि गाइँदै आएका मौलिक लोकभाका र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियानस्वरूप ‘धुन माटो’ अघि बढाइएको हो।कार्यक्रममार्फत अग्रज स्रष्टा तथा कलाकारलाई सम्मान, अतिथिहरूको सत्कार तथा नवप्रतिभाहरूलाई प्रोत्साहन गरिने बताइएको… पुरा पढौ

मौलिक पहिचान र पोखरेली संस्कृतिको झल्को दिने ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुँदै

नेपाली लोक तथा सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुने भएको छ।गायक मौसम गुरुङ र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखरेली संस्कृति, प्रेम र मौलिकताको सुन्दर चित्रण गर्ने अपेक्षा गरिएको छ। गीतमा रमेश बीजीको शब्द तथा मौसम गुरुङकै संगीत रहेको छ। एचबीएन किस्मतले संगीत संयोजन गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको कार्य राज खड्काले गरेका हुन्। गीतको म्युजिक भिडियोमा चहाना राना मगर र चोङ गुरुङको आकर्षक अभिनय रहनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी… पुरा पढौ

निरा थापा मगरको ‘आकाशैको झिलमिल तारा’ सार्वजनिक

नेपाली मौलिक कौराह संस्कृतिमा आधारित गीत ‘आकाशैको झिलमिल तारा’ भिडियोसहित सार्वजनिक भएको छ। अग्रज गायक मनसुदन थापा र अर्का कलाकारको स्वरमा सजिएको उक्त गीत युनाइटेडकिङ्डम (यूके) मै रेकर्डिङ तथा छायांकन गरिएको हो। गीतले मगर समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। मौलिक कौराह भाकामा तयार पारिएको यस गीतमा सांस्कृतिक पहिचान र समुदायको जीवन्त पक्षलाई कलात्मक रूपमा उतारिएको छ। गीत सार्वजनिक गर्दै कलाकारहरूले दर्शक, श्रोता तथा शुभचिन्तकहरूबाट माया, साथ, सल्लाह र सुझावको अपेक्षा गरेका छन्। साथै गीत… पुरा पढौ

शिरीष देवकोटाको ‘फेवा तालैमा’ सार्वजनिक हुँदै, प्रेम र प्रकृतिको सुन्दर संगम

काठमाडौं । नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘फेवा तालैमा’ सार्वजनिक हुने तयारीमा रहेको छ। गायक शिरीष देवकोटा र मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखराको प्रसिद्ध फेवातालको सौन्दर्यसँगै प्रेमभावलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। बिन्दाबासिनी म्युजिकको प्रस्तुति रहेको गीतमा शिरीष देवकोटाकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन हेम किस्मतले गरेका छन्। गीतको भिडियो निर्देशन राजीव समरले गरेका हुन्। भिडियोमा कलाकार प्रभात पल ठकुरी र शिल्पा पोखरेलको आकर्षक अभिनय देख्न सकिनेछ।फेवातालको रमणीय परिवेशमा… पुरा पढौ

‘शितल त जुनकै हो…’ गीत सार्वजनिक, दर्शकमाझ सकारात्मक चर्चा

बागलुङ /नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा ‘शितल त जुनकै हो…’ बोलको गीत सार्वजनिक भएको छ। पुष्कल भट्टराईको प्रस्तुति रहेको उक्त गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा जगत गौडेल र सुशिला गौतमको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत पनि जगत गौडेलकै रहेका छन् भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ खड्का बजुरालीले गरेका हुन्। गीतको म्युजिक भिडियोमा शक्ति कुमार गोदार र सरस्वती खत्रीको आकर्षक अभिनय रहेको छ। भिडियोको कथा, कोरियोग्राफी… पुरा पढौ

लोकदोहोरी क्षेत्रमा चम्किएकी नारायणी खत्री अवार्डको उत्कृष्ट पाँच मनोनयनमा

नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘उत्कृष्ट म्युजिक भिडियो मोडल (महिला) – लोकदोहोरी’ विधाको उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएकी छन्। म्युजिक खबरद्वारा आयोजना गरिँदै आएको यो प्रतिष्ठित अवार्ड नेपाली गीत–संगीत क्षेत्रको महत्वपूर्ण सम्मानका रूपमा परिचित छ। उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक भएसँगै खत्रीले आफूलाई यस स्थानसम्म पुर्‍याउन सहयोग गर्ने दर्शक, शुभेच्छुक, स्रष्टा तथा सम्पूर्ण संगीतप्रेमीप्रति आभार व्यक्त गरेकी छन्। उनले अवार्ड जित्नका लागि आफूलाई भोटमार्फत सहयोग गर्न सबैमा आग्रह गर्दै नेपाली… पुरा पढौ