अर्थतन्त्र

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, १२ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अभिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराउनुभयो । कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले… पुरा पढौ

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालमा विदेशी… पुरा पढौ

विस लिष्ट होइन, व्यवहारिक परियोजना

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताउनुभयो । “निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।” आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच… पुरा पढौ

आलुकाे बिउ बिक्री नहुदा ४ लाख गाेदामै

बागलुङ ।बजार ब्यवस्थापन हुन नसक्दा बागलुङको ताराखाेलाकाे विउ लगाउने आलु ब्यापारीकाे गाेदाममा थन्किएको छ । आम उपभोक्ताकाे राेजाइमा पर्दै आएको बागलुङ जिल्ला ताराखाेला गाउपालिका भित्र उत्पादन भएको आलुकाे बिउ राम्रो मुल्यमा बिक्रीवितरण गर्ने भनेर खरिद गरि गाेदाम महिनाै दिन राख्दा समेत स्थानीय बजारका ब्यापारीले खरिद नगरेपछि आलु बिग्रेको ताराखाेला ५ का ब्यापारी संदीप सापकोटाले बताउनुभयाे । यसपालि गत सालमा जस्तो आलु लगाउने कृषकले खेती गर्न छाेडेपछि ठूलो परिणाममा खरिद गरेकाे २०० बाेरा आलु बिक्री नहुदा करिब ४ लाख रूपैयाँ नाेक्सान… पुरा पढौ

लिड्स नेपाल बाट विपन्न परिवारलाई बाख्रा वितरण

बागलुङ ।लिड्स नेपाल बागलुङ शाखा मार्फत बागलुङ नगरपालिका ८ सिगाना लामिचाैरका विपन्न वर्गका किसानलाई बाेयर जातका बाख्रा वितरण गरेकाे छ । १० वटा परिवारलाई एकएक वटा बाख्रा एक कार्यक्रम बिच लिड्स नेपाल बागलुङ शाखाका प्रमुख बिन्दु देवी शर्मा ,म्याग्दी शाखाका प्रमुख निशा महत संरक्षक कृषि सहकारीका प्रतिनिधि हाेम थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा उक्त समुहका पाँच परिवारलाई प्लास्टिक टनेल वितरण गरिएको थियो ।लिड्स नेपालले किसानलाई अदुवा खेती सम्बन्धि तालिम समेत प्रदान गरेको थियो । लिड्स नेपालले बागलुङ र… पुरा पढौ

अगस्त्यः च्याप्टर १’ ले काठमाडौंमा ५१ दिन पुरा

काठमाडौं । गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औं दिनको खुसियाली सटेका थिए । निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद पनि फिल्मले ५१औं दिन मनाउनु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म ५१औं दिनसम्म आएर प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको… पुरा पढौ

नेपाली फिल्म पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ । सार्वजनिकमोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो… पुरा पढौ

भजन महाेत्सवकाे हिसाब सार्वजनिक

बागलुङ /धार्मिक तथा आन्तरिक पर्यटकीय केन्द्र शालग्राम संग्रहालय बागलुङमा हरेक बर्ष लाग्ने शालग्राम महाेत्सव तथा भजन महाेत्सव आयोजना गरेर यसको प्रचारप्रसार गरेपछि यस क्षेत्रमा आउने पर्यटक बढेर जान थालेको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा आयोजीत ५ दिने शालग्राम महाेत्सव २०८१ सम्पन्न भए लगत्तै यसको आर्थिक हिसाबकिताब सार्वजनिक गरिएको छ । श्री श्रीधराचार्य शालग्राम संग्रहालयकाे आयोजनामा भएकोश्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरको ३७ आ‌ैं ब्रहमाेहत्सव तथा शालग्राम महाेत्सव २०८१ काे अबधिमा ८३ लाख ३४ हजार ६ सय १९ रूपैयाँ कुल आम्दानी… पुरा पढौ

निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र गतिशील हुने

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र… पुरा पढौ

चैत्राष्ठमीका दिन कालीका भगवती मन्दिरमा घुइँचो

बागलुङ /नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा च‌ैत्राष्ठमीकाे आठौं दिन अर्थात् अष्ठमीका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूकाे चैते दशैकाे अवसरमा अष्ठमीका दिन  बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नव दुर्गाकाे आठौं… पुरा पढौ