
बागलुङ ,असाेज २५
नेपाल कै प्रसिद्ध धार्मिकशक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे अष्ठमी र नवमीकाे दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ ।
नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख धार्मिक शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा नेपालीहरूकाे महान चाड दशैकाे आठौं र नवाै दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि नै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १मा अवस्थित कालीका मन्दिरमा नव दुर्गा प्रारम्भ भएको भएपछि बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि आएको हजारौं भक्तजनलाई सहजरूपमा पुजा गर्ने ब्यवस्था मिलाएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
कालीका भगवती मन्दिरमा आएर पुजा गरे आफुले मनले चिताएकाे कुरा पुरा हुन जनविश्वास भएको कारणले पनि यहाँ दिनप्रतिदिन टाढाटाढा देखि आफुहरू मन्दिर आउने गरेको श्रद्वालु भक्तजनकाे भनाइ छ ।
बागलुङ कालीका भगवतीकाे आफ्नै महत्त्व छ यहाँ आएर भक्तजनले आफ्नो काम कर्तव्य के हाे भन्ने देखि आफ्नो मनले चिताएकाे मनाेकांक्षा पूरा हुने भएको कारणले पनि त्यसको लागि आउने कालीका भगवती मन्दिरका मुल पुजारी जयबहादुर खड्काले बताए ।
कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन ।
नव दुर्गामा सबैकाे कल्याण हाेस शुखद हाेस कसैलाई पनि पिर बाधा नहाेस परिवारमा शान्ति छाआेस भन्ने कामना गर्दै दर्शनकाे लागि मन्दिर पुग्ने गरेका छन् ।
बागलुङ कालिका भगवती मन्दिरमा बडा दशैमा र चैत्राष्ठमीमा बिशेष पूजा अर्चना हुन्छ ।त्यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेश कै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।
तत्कालीन पर्वतका राजना प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजना मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याउनुभयो ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ।
कालीका भगवती संग गरेको भाकल पूरा भएकाे भन्दै बिशेशगरि काठमाडौ ,पाेखरा,नारायणगढ ,स्याङ्जा ,गुल्मी ,पर्वत , तनहुँ ,गाेर्खा लगायत देशभर बाट दर्शनको लागि आउने गर्छन् ।
कालीका भगवती मन्दिरमा दशैकाे अबधि मात्र ४ लाख भक्तजन पुजा अर्चनाकाे लागि आउने गर्छन् भने एक बर्षकाे अबधिमा करिब १५ लाख भक्तजन आउने गरेकाे तथ्यांक छ ।















