
काठमाडौ / केही दिनअघि गएको बाढी बाट प्रभावित
परिवारलाई बागलुङ शाक्य खलः काठमाडौंले राहत सामाग्री प्रदान गरेको छ ।
काभ्रे जिल्ला पनाैतिकाे कलाति भुमिडाडा वडा नम्बर १२ मा शाक्य खलःले ५० परिवारलाई दैनिक उपभाेग्य सामाग्री राहत प्रदान गरेको खलःका सचिव कविन्द्रमान शाक्यले बताए ।
लक्षित ठाउँका पीडितलाई राहत प्रदान गर्नका लागि सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरूलाई शाक्य खलःले धन्यवाद दिएको सहसचिव मनाेज शाक्यले बताए ।
अहिले शाक्य खलःले बिशुद्व रूपमा मानवीय नाताले केही राहत हाेस् भन्ने उदेश्यले सहयोग गरेको जनाएको छ ।राहत वितरण गर्न भवानी हुमागाईले सहजीकरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गरेको खलःले जनाएको छ ।













