
बागलुङ , १५ असाेज । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत बागलुङले आज भएको बहसबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
१६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार बुझाएको थियो ।
इजालश अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाई छ ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको रु. दुई अर्बबचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए । यस्तै उनीसंगै पक्राउ परेका ओम प्रसाद दर्जीलाई रु. एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
इमेज सहकारीका अध्यक्ष नेपालीले पटकपटक सामाजिक संजाल फेसबुक मार्फत आफू हजारौं बचतकर्ताहरूकाे बचत रकम आफ्नो परिवारकाे नाममा भएको सम्पत्ति बेचबिखन गरेर भएपनि दिने भन्दै आएका थिए ।










