
बागलुङ / ट्राफिक प्रहरीकाे सक्रियता बढे संगै जिल्लामा जथाभावी रूपमा नियम विपरीत सवारीसाधन चलाउने सवारी कार्वाहीकाे दायरामा आउन थालेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक बर्ष २०८१ श्रावण र भाद्र महिनामा १७ लाख ७० हजार राजस्व संकलन गरेको छ ।
श्रावण महिनामा ७१ वटा ट्रक ट्रिपर कार्वाही बाट ५४ हजार
४१ वटा बस कार्वाही बाट ३९ हजार ३७५ वटा कार जीप कार्वाही बाट २ लाख ९६ हजार ६२ वटा टेक्टर बाट ४३ हजार ५ सय ३८७ वटा माेटर साईकल स्कुटर बाट ३ लाख ८९ हजार अन्य सवारीसाधन २७ वटा कार्वाही बाट १९ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको छ ।श्रावण महिनामा कुल ९७० वटा सवारीसाधन कार्वाहीमा परि ८ लाख ४१ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले बताए ।
यस्तै भाद्र महिनामा ७४ वटा ट्रक ट्रिपर कार्वाहीमा परि ५३ हजार बस ५९ वटा कार्वाहीमा परेर ४४ हजार कार जीप ४४२ वटा कार्वाहीमा परेर ३ लाख ४७ हजार ५ सय टेक्टर ७८ वटा ५६ हजार ५ सय माेटर साईकल स्कुटर ५०७ वटा कार्वाही परेर ४ लाख ५४ हजार अन्य सवारीसाधन १४ वटा कार्वाहीमा परेर ११ हजार राजस्व संकलन भएको प्रमुख निउरेले बताए ।भदौ महिनाभित्र ११७४ वटा सवारीसाधन
कार्वाहीमा परि ९ लाख ६६ हजार राजस्व संकलन भएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले आर्थिक बर्ष २०८०/८१ मा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियोे । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ ।
आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकाे ०७९/८० मा एक करोड १८ लाख १० हजार सङ्कलन भएको थियो ।

जिल्लामा ट्राफिक प्रहरीको सक्रियता बढेपछि जथाभावी रूपमा सवारीसाधन चलाउनेमा कमि आउनुका साथै दुर्घटना न्युनिकरण समेत हुदै गएको छ ।










