
बागलुङ असाेज १९ नेपाल कै प्रसिद्ध धार्मिक शक्ति पिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे तेस्रो दिन मन्दिर दर्शनार्थिकाे घुइँचो लागेको छ । रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढा भक्तजन भने आएपछि मन्दिरमा चहलपहल ह्वात्तै बढेको छ ।
हिन्दु धर्मावलम्बीले मान्ने दशै पर्वकाे शुरूवात संगै नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा शनिबार पुजा र दर्शनको लागि भक्तजनहरू बिहानै देखि मन्दिरमा पुगेका छन् ।
गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नव दुर्गाकाे पहिलो दिन बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि आइरहेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
बागलुङ कालीका मन्दिर धार्मिक आस्थाको केन्द्र भएको कारणले नव दुर्गाकाे अवसरमा विशेष पुजा आरधना हुने भएकोले पनि भक्तजन धेरै आउने गरेको धर्मावलम्बीहरूले
बताए ।
ऐतिहासिक शक्तिपिठ कालीका मन्दिरमा प्रवेश गर्नासाथ
छुट्टै आनन्द आउने मनाेबिज्ञान रहेको यहाँ आउने भक्तजनमा रहेको मन्दिर दर्शनको लागि आउने भक्तजनकाे जन विश्वास रहेको बताए ।
कालीका भगवती मन्दिरमा भक्तजनहरूले आफ्नो मनाेकांक्षा पूरा गर्न राेट प्रसादकाे रूपमा चढाउन चलन केही बर्ष यता बढेर गएपछि यसको ब्यापार बढेर गएको ब्यापार डम्बर मल्लले बताए ।
मन्दिरमा केही बर्ष यता बलि दिने क्रम घटेर गइरहेको हुदा भक्तजनले राेट र नरिवल चढाउन थालेको स्थानीय गुणनिधि शर्माले बताए /
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिर जीर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।
मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरेको मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्ड लगायतका संरचना निर्माणाधीन अवस्थामा छन् ।
तत्कालीन पर्वतका राजना प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजना मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याउनुभयो ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ । मन्दिरमा वर्षको दुई पटक वडा दशै र चैत दशैंमा विशेष पूजा हुने गर्छ।
कालीका भगवती संग गरेको भाकल पूरा भएकाे भन्दै बिशेश गरि चैत्राष्टमीमा काठमाडौ पाेखरा नारायणगढ स्याङ्जा ,गुल्मी ,पर्वत ,म्याग्दी तनहुँ ,गाेर्खा लगायत देशभर बाट दर्शनको लागि आउने गर्छन् ।
कालीका गुठी ब्यवस्थापन समितिले हरेक बर्ष मन्दिर परिसरमा मेला आयोजना गर्दै आएको छ । दशैकाे ९ दिनको अबधिमा करिब ६ लाख भक्तजन मन्दिर आउने गरेका छन् ।











