
काठमाडौं, असोज २१ । नेपाली बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकाेमा आजका लागि सुनको मुल्य रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ ।









