
काठमाडौं / हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं जुपिटरले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे उपलक्ष्यमा भाेक लाई भाेजन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं बानेश्वर शान्तिनगरमा रहेको केयर चाइल्ड अर्फनेजमा खाध्य सामाग्री र कपडा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हाे ।१३ जना अनाथ टुहुराले आश्रय लिइरहेकाे ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेको लायन्स क्लब अफ काठमाडौ जुपिटरका चार्टर प्रिसिडेन्ट चुडामणि
सुवेदीले बताए ।सहयोगी मनका धनी संघसंस्था र ब्यक्तिहरूकाे सहयोगमा चलिरहेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको सुवेदीले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ जुपिटरका बर्ष २०२४/२५ का प्रिसिडेन्ट सम्सेर खत्री केयर चाइल्ड अर्फानेजका अध्यक्ष पुष्पा अधिकारी लगायतका बक्ताहरूले शुभकामना साथै कार्यक्रमकाे बिषयमा जानकारी गराएका थिए ।












