
नेपालीहरूकाे महान चाड बिजया दशमीकाे अवसर पारेर असोज १७ गते देखि काठमाडौं देखि बागलुङ कुस्मिसेरा हुँदै राङ्खानी बरेङ सम्म रात्रीसेबा बस संचालन भएको छ ।
धाैलागिरि गण्डकी यातायात प्रालिले दैनिक रुपमा काठमाडौं देखि बरेङकाे लागि दिउसो ४ बजे बस छुटाउन शुरू गरेको प्रालिका अध्यक्ष उमेश केसीले बताए ।काठमाडौं देखि बागलुङको बरेङ सम्मको बस भाडा १ हजार ७ सय कायम गरिएको केसीले बताए ।
यात्रुहरूको सहजताकाे लागि टिकट बुकिङको लागि काठमाडौं नयाबसपार्क स्थिति धवलागिरी गण्डकी यातायातको टिकट काउन्टर बाट बागलुङ बरेङ्को बसको टिकट बुकिङ गर्ने ब्यवस्था मिलाएको छ ।
धाैलागिरि गण्डकी यातायात प्रालिले ३ दशक देखि बागलुङ बाट देशको प्रमुख शहर सम्म यात्रुको चाहना बमोजिम सुविधा सम्म बस माइक्रोबस संचालन गरेर सेवा दिदै आएको छ ।









