जेठ २२, बागलुङमालिका सेवा समाज, बागलुङले बागलुङ नगरपालिका–५ मालिकामा जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा वडाभित्रका ७ जना जेष्ठ नागरिक र ५ विद्यालयका २० जना विद्यार्थीलाई सम्मान गरिएको हो। जेष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई कदर गर्दै उहाँहरूको अनुहारमा खुशी ल्याउने उद्देश्यले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। विद्यार्थी सम्मान कार्यक्रममा मालिका माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, वालश्रम प्रावि तथा बागलुङ नगरपालिका–६ को लहरेपिपल माध्यमिक विद्यालयका १९ जना उत्कृष्ट छात्र–छात्रालाई एक वर्ष…
पुरा पढौ