अर्थतन्त्र

अमर ज्योति गाउँफर्क माविमा लायन्स क्लब अफ पोखरा समृद्धिद्वारा निर्माण गरिएको खानेपानी आयोजना हस्तान्तरण

कास्की, असोज ८ लायन्स क्लब अफ पोखरा समृद्धिले कास्कीको पोखरा महानगरपालिका–२६, जल्धारेस्थित श्री अमर ज्योति गाउँफर्क माध्यमिक विद्यालयमा निर्माण गरेको खानेपानी आयोजना विद्यालयलाई हस्तान्तरण गरेको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल नारासहित सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लबले सञ्चालन गरेको ड्रिंकिङ वाटर प्रोजेक्ट–२०२६ अन्तर्गत निर्माण गरिएको खानेपानी आयोजना बिहीबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो। आयोजना हस्तान्तरण कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको… पुरा पढौ

गण्डकी एरियाका लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

कास्की, असोज ८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत गण्डकी एरियाका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम कास्कीमा सम्पन्न भएको छ। सेप्टेम्बर २३, २०२६ मा आयोजित “इन्डक्सन एन्ड जोइन्ट इन्स्टलेसन सेरेमोनी” मा गण्डकी क्षेत्रका ११ लायन्स क्लब र दुई लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको संयुक्त पदस्थापन गरिएको हो। कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, प्रथम उप–डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल, द्वितीय उप–डिस्ट्रिक्ट… पुरा पढौ

‘पापी पेट पाल्नै पर्यो’ भन्दै ईश्वर बाबुको नयाँ गीत सार्वजनिक

बागलुङ, असोज ८ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक ईश्वर बाबुको नयाँ गीत ‘पापी पेट पाल्नै पर्यो’ सार्वजनिक भएको छ। लामो समयपछि आफ्ना गुरु तथा मेन्टर खेम सेन्चुरीसँग सांगीतिक सहकार्य गर्दै ईश्वर बाबुले उक्त गीत दर्शकमाझ ल्याएका हुन्। गीतमा खेम सेन्चुरीको स्वर रहेको छ भने शब्द तथा संगीत ईश्वर बाबुकै रहेको छ। गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। रेकर्डिङ सागर बाजुराली र गोविन्द पराजुलीले गरेका हुन्। रोजगारी, संघर्ष र जीविकोपार्जनका लागि मानिसले भोग्नुपर्ने बाध्यतालाई गीतले भावनात्मक रूपमा… पुरा पढौ

फ्लाई दुबईको नियमित उडान आजदेखि पोखरा, पर्यटन क्षेत्र उत्साहित

काठमाडौं, असोज ७ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको छ। यससँगै विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानको अपेक्षाले मूर्त रूप लिन थालेको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात् २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको आगमनलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी तथा उद्योगीहरू उत्साहित बनेका छन्। विमानस्थलका महाप्रबन्धक… पुरा पढौ

जिल्लाभरका होटल तथा लजमा प्रहरीको स्विप चेकिङ, सुरक्षा मापदण्ड पालना गर्न आग्रह

बागलुङ, असोज ६ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको शान्ति सुरक्षा थप सुदृढ बनाउने तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभरका होटल, लज तथा खाजा घरहरूमा एकैसाथ विशेष ‘स्विप चेकिङ’ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका सबै प्रहरी इकाइहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेका होटल, लज र खाजा घरहरूमा अनुगमन तथा जाँच अभियान सञ्चालन गरेका हुन्। प्रहरीका अनुसार चेकिङका क्रममा होटल तथा लजहरूमा हुन सक्ने लागुऔषधको अवैध प्रयोग तथा कारोबार, जुवातास तथा अन्य गैरकानुनी गतिविधिबारे निगरानी गर्दै… पुरा पढौ

बजार अनुगमनको शैलीप्रति निजी क्षेत्र असन्तुष्ट

पोखरा, असोज ६ बजार अनुगमनका क्रममा व्यवसायीमाथि अभद्र व्यवहार गरिएको, जरिवानाको रसिद थमाएर वर्षौंको मेहनतले बनाएको व्यवसायिक छवि र ब्रान्डलाई क्षति पुर्‍याइएको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। यस विषयमा पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दबाब दुवै बढाएको जनाएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षण गराएको संघले मंगलबार प्रजिअ गुरुङको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी वसन्तबहादुर सिंह,… पुरा पढौ

रसुवाका ३३ बाढीपीडित परिवारलाई लायन्सको सहयोग

रसुवा, असोज ५ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले भदौ १० गते आएको भीषण बाढी–पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ। ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने सेवामूलक भावनालाई आत्मसात गर्दै डिस्ट्रिक्टले नुवाकोटको विदुर नगरपालिका–५ मा आश्रय लिइरहेका भोटेकोशी बाढीपीडित ३३ परिवारलाई किचन र्याक तथा सिरानी वितरण गरेको जनाएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लायन रोजिता बस्तीका अनुसार राहत वितरण कार्यक्रममा विभिन्न व्यक्ति तथा समूहको उल्लेखनीय सहयोग रहेको थियो। शान्ता पौडेलको टोली ,छविलाल… पुरा पढौ

भलिबल संघ बागलुङको अध्यक्षमा गोरखबहादुर भण्डारी निर्वाचित

बागलुङ, असोज ५ — जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन्।त्यस्तै, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदीप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ। अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष… पुरा पढौ

लायन्स क्लबका संयुक्त पदस्थापन समारोह, नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण

काठमाडौं, असोज ४ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्य अभिषेक (Induction & Joint Installation Ceremony) कार्यक्रम आइतबार काठमाडौंमा सम्पन्न भएको छ। डिस्ट्रिक्ट ३२५ के अन्तर्गत रिजन तथा जोनका पदाधिकारीहरूको समन्वयमा हुन लागेको कार्यक्रममा विभिन्न लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै नयाँ सदस्यहरूको अभिषेक गरिएकाे आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारी बिशिस्ट अतिथिहरू फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल ,सेकेन्ड भाइस… पुरा पढौ

संविधान दिवसमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा आयोजित कार्यक्रममा आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले मानव सेवा आश्रम बागलुङकी विपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो। आश्रमको आवश्यकतालाई… पुरा पढौ