काठमाडौँ — नेपाली रैथाने खानाको संरक्षण, पुनरुत्थान र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण यही असार १५ गते काठमाडौँमा हुने भएको छ। कार्यक्रमबारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले नेपाली मौलिक खानाको विविधता, पोषणयुक्त तत्व र सांस्कृतिक महत्त्वबारे प्रकाश पारेका थिए। कार्यक्रमको संयोजन नेपाली खाना प्रवर्द्धन अभियान र सिलौटो कटेजले संयुक्त रूपमा गरेका हुन्। यस पटकको संस्करण राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजना गरिँदैछ, जसले नेपाली कृषि, खानपान संस्कृति र स्थानीय उत्पादनको सम्बन्धलाई पनि…
पुरा पढौ