काठमाडौं, असार ९नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सुर्खेतबाट काठमाडौंसम्म एक महिनासम्मको लामो पैदल यात्रा गरी आइपुगेका नवराज बोहोराले वातावरण संरक्षण, कर्णाली क्षेत्रको समग्र विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा आफू लागिपरेको जानकारी दिनुभएको छ। बोहोराले पैदल यात्रामार्फत कर्णाली प्रदेशमा बढ्दो वातावरणीय समस्या, विकासको असमानता, सरकारी निकायमा देखिएको अकर्मण्यता र भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनचेतना फैलाउने उद्देश्य राख्नुभएको बताइएको छ। सो अवसरमा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको नीतिसँग मेल खाने बताउनुभयो।…
पुरा पढौ