काठमाडौं साउन १८ समाज परिवर्तन, महिला आवाज, पञ्चेबाजा तथा धर्म–संस्कृतिको संरक्षणजस्ता विषयमा आधारित गीतहरू संगीतको मूलधारमा छुट्टै पहिचान बनाउन थालेका छन्। लोक, पप, आधुनिक र चलचित्रका गीतहरूले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेका बेला मौलिकता झल्किने ठट्यौली गीत भने कमै मात्र सार्वजनिक भइरहेका छन्। यस्तैमा, चर्चित गायिका जानुका तामाङ र गायक खेम सेञ्चुरीको स्वरमा रहेको नयाँ ठट्यौली गीत "तेसै साईलो होइसिने" युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा शब्द, संगीत र स्वर गायिका तामाङकै छ भने खेम सेञ्चुरीले समेत स्वरमा साथ दिएका छन्। गीतको…
पुरा पढौ