अर्थतन्त्र

द ब्ल्यू लाइट’को रहस्यमय पोस्टर सार्वजनिक: बेनिशा हमाल डार्क अवतारमा

काठमाडौं । प्रतीक्षित चलचित्र ‘द ब्ल्यू लाइट’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा प्रमुख कलाकार बेनिशा हमाललाई बारमा तनावपूर्ण मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा बेनिशा निलो प्रकाशको संयोजनमा देखिएकी छिन्। हातमा चुरोट च्यापेर बसेकी उनको अनुहारमा देखिएको तनाव, अगाडि रहेको रक्सीको कप र उनको ‘गेटअप’ले उनी बारगर्लको भूमिकामा रहेको सङ्केत गर्छ। यो पोस्टरले कसैबाट धोका पाएपछिको तनाव झल्काएको हो कि भन्ने अनुमान गरिएको छ, यद्यपि निर्माण पक्षले यसबारे थप खुलाएको छैन। बेनिशाको भूमिका र चलचित्रको… पुरा पढौ

कोटिहोममा ऐतिहासिक भीड: एकै दिन ५ लाख भक्तजन, २१ करोड दीप प्रज्वलन

पोखरा, जेठ २५ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार देशभरबाट झन्डै ५ लाख भक्तजन सहभागी भएका छन्। आयोजकका अनुसार यो धार्मिक कार्यक्रम हालसम्मकै सबैभन्दा ठूलो भीड भएको ऐतिहासिक क्षण बनेको छ। निर्जला एकादशी तथा २१ करोड दीप प्रज्वलनको अवसरले गर्दा पनि भक्तजनको उपस्थिति विशेष रह्यो। बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो। मानव सेवा फाउन्डेसनका अनुसार यति ठूलो दीप प्रज्वलन कार्यक्रम सम्भवत: पहिलोपटक भएको हो। भीडले पोखराको यातायात व्यवस्थामा… पुरा पढौ

लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा विमलेश आचार्य चयन

बागलुङ, जेठ २४ —नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ बागलुङको प्रथम अधिवेशनबाट विमलेश आचार्य सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्। नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा क्रियाशील यस संघको शनिबार बागलुङमा सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिका संयोजक सुरेश श्रेष्ठ तथा सदस्यहरू युवराज राजभण्डारी र रामराज गुरुङले सर्वसम्मत कार्यसमिति घोषणा गरेका हुन्। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ध्रुव खड्का र खुमबहादुर अदै, महासचिव नारायण पौडेल, उपमहासचिव मनोज खड्का र दीपक पौडेल तथा कोषाध्यक्षमा खिमबहादुर पुन रहेका छन्।त्यस्तै,… पुरा पढौ

हिमालयन लाइफ इन्स्योरेन्सको १७औँ वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग

बागलुङ, २४ जेठ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री वितरण गरेको छ। गण्डकी प्रदेशअन्तर्गत कम्पनीको उप–प्रादेशिक कार्यालय बागलुङका प्रमुख बलराम गौतमको नेतृत्वमा बागलुङ, कुश्मा र बेनी शाखा प्रमुखहरूको सहभागितामा उक्त सामग्री वितरण गरिएको हो। मानव सेवा आश्रम बागलुङमा आयोजित कार्यक्रममा संस्थाका बिपना तामाङलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै उप–प्रदेश प्रमुख गौतमले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले आश्रममा सहयोग पुर्‍याएको जानकारी दिनुभयो। “हाम्रो संस्था जीवन बीमा… पुरा पढौ

कोटीहोममा भोलि २१ करोड दीप प्रज्वलन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ अन्तर्गत शनिबार २१ करोड दीप प्रज्वलन गरिने भएको छ। आयोजकका अनुसार यति ठूलो संख्यामा दीप प्रज्वलन सम्भवतः हालसम्म देश–विदेशमा कहीँ पनि भएको छैन। मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आ–आफ्नो घरबाट ज्योति लिएर दीप प्रज्वलनमा सहभागी हुन भक्तजनहरूलाई आग्रह गरेका छन्। उनका अनुसार शनिबार बिहान १० बजे ‘ज्योति भिजाउने’ कार्य सम्पन्न गरी साँझ ६ बजे दीप प्रज्वलन गरिनेछ। शनिबार निर्जला एकादशी समेत परेकाले फूलको होलीसमेत खेलिने कार्यक्रम रहेको… पुरा पढौ

एभिन्युज एजेन्डा: बजेट र प्रभाव” विषयक कार्यक्रम सम्पन्न एभिन्युज खबर आजदेखी एचडिमा

काठमाडौं, जेठ २३ – समसामयिक आर्थिक विषयमा केन्द्रित गर्दै एभिन्युज खबर टेलिभिजनले आयोजना गरेको विशेष कार्यक्रम "एभिन्युज एजेन्डा: बजेट र प्रभाव" शुक्रबार काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री, पूर्व मन्त्री, सांसद, अर्थविद् र उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हालको आर्थिक अवस्था, बजेटले उत्पन्न पारेका दबाबहरू, सम्भावित सुधारका उपायहरू तथा आर्थिक वृद्धिको सम्भाव्यतामाथि गहन विचार राखेका थिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संघीय संसद अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री सुरेन्द्र… पुरा पढौ

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद स्वतः निलम्बित

हिड्न खबर डट कम काठमाडौं। पतञ्जली आयुर्वेद लिमिटेडलाई सरकारी जग्गा सस्तो मूल्यमा दिने निर्णयसम्बन्धी प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै पूर्वप्रधानमन्त्री नेपालको संघीय सांसद पद पनि स्वतः निलम्बित भएको छ। नेपालको इतिहासमा यो पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको पनि यो पहिलोपटक हो। यस घटनाले नेपालको राजनीतिक र न्यायिक इतिहासमा नयाँ मोड ल्याएको विश्लेषण गरिँदैछ।… पुरा पढौ

अभिमन्यु : च्याप्टर–१’ काे काउन्टडाउन सुरु, पोस्टर सार्वजनिक

हिड्न खबर डट कम काठमाडौं। बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले पोस्टर सार्वजनिक गर्दै रिलिजको काउन्टडाउन सुरु गरेको छ। निर्माण टिमले आज चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै ९९ दिनपछि सिनेमा रिलिज हुने जानकारी दिएको हो। चलचित्र आगामी भदौ २७ गते देशभर रिलिज हुने तयारीमा छ। पोस्टरमा तराईको जीवनशैली सार्वजनिक पोस्टरले चलचित्रको पृष्ठभूमि तराई क्षेत्र रहेको संकेत गर्दछ। पोस्टरमा धानबारीको फाँट र केराको बगान देखिएको छ। त्यही दृश्यमा एक युवकले सरकारी विद्यालयको पोसाकमा रहेकी सानी नानीलाई कापी–किताब च्यापेर स्कुलतर्फ लैजाँदै… पुरा पढौ

बागलुङका चार विद्यार्थीले एन्जल्स हार्टमा निःशुल्क पढ्ने अवसर

काठमाडौंस्थित एन्जल्स हार्ट स्कुलले बागलुङ जिल्लाका चार जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अवसर दिने भएको छ। विद्यालयले छात्रहरूलाई बसोबास र भोजनसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न वातावरण तयार गरेको जनाएको छ। छात्रवृत्तिका लागि परीक्षा लिइनेछ र उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छनोट गरिने विद्यालयका उप–प्राचार्य दिल बुढाथोकीले जानकारी दिए। उनका अनुसार, यो अवसर यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि हो। उप–प्राचार्य बुढाथोकीले भने, "एन्जल्स हार्ट स्कुलमा धौलागिरी क्षेत्रका धेरै लगानीकर्ता छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत हामीले… पुरा पढौ

बागलुङ: सिटरोल प्रमाणित गर्न हजार रुपैयाँ मागिएको गुनासो

बागलुङ, २१ जेठ २०८२ – शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुखले सिटरोल प्रमाणिकरणको नाममा नयाँ शिक्षकहरूसँग अनावश्यक आर्थिक माग गरेको गुनासो शिक्षकहरूले गरेका छन्। शिक्षक सेवा आयोगमार्फत २०८१ सालमा स्थायी नियुक्ति प्राप्त गरेका शिक्षकहरूले राष्ट्रिय किताबखाना (शिक्षक) मा सिटरोल पेश गर्नुपर्ने प्रक्रियामा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले प्रति शिक्षक एक हजार रुपैयाँ माग गरेको आरोप लगाएका हुन्। गत वर्ष मात्र बागलुङ जिल्लामा प्रावि (प्राथमिक तह) अन्तर्गत २३१ जना नयाँ शिक्षक स्थायी नियुक्ति पाएका थिए। तीमध्ये धेरैजसो शिक्षकहरूले आफूहरूबाट… पुरा पढौ