लागुऔषधसहित एक जना पक्राउ, बागलुङ अदालतबाट ७ दिन म्याद थप

-


     हिड्न खबरदाता     
     वैशाख १४ गते २०८३ मा प्रकाशित


बागलुङ — जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बागलुङ नगरपालिका–८ सिगानामा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका एक युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा साविक तित्याङ गाउँ विकास समिति वडा नं. १ घर भई हाल बागलुङ नगरपालिका–९ बस्ने २५ वर्षीय रञ्जन घर्ती रहेका छन्।

प्रहरीले उनको साथमा रहेको “Adidas” लेखिएको कालो झोलाको तलासी गर्दा Phenergan–25 mg Injection ४४ एम्पुल, Buprenorphine Injection ४१ एम्पुल र Diazepam Injection IP ४५ एम्पुल गरी जम्मा १३० एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ। साथै, उनको साथबाट Vivo कम्पनीको T2x 5G मोडेलको मोबाइल फोन समेत फेला परेको छ।

पक्राउ परेका घर्तीलाई आवश्यक अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।