अर्थतन्त्र

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

हेटौंडा, ३२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गर्नुभएको हो । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण… पुरा पढौ

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गर्न जरुरी

जेठ ३१, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिनुभएको हो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति… पुरा पढौ

उद्यमीहरुका लागि बजारीकरण कौशल सुदृढिकरण सम्वन्धि २ दिने तालिम बागलुङमा

बागलुङ /यु यस एजेन्सी फर ईन्टरनेसनल डेभ्लपमेन्ट (युयसएआईडि) र नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कुनको) संयुक्त आयोजना तथा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयोजनमा २ दिने उद्यमीहरुका लागि बजारीकरण कौशल सुदृढिकरण सम्वन्धि तालिम सम्पन्न भएको छ । सिवाईसी साकोसमा सदस्य भई उद्यम व्यवसाय गरिरहेका बागलुङ, पर्वत र म्याग्दीका उद्यमीहरुको उपस्थिती रहेको तालिमले विभिन्न बजारीकरण उपायहरूको बारेमा जानकारी र प्रयोग गर्न सक्ने काैशल प्रदान गर्ने,जनाएको छ ।उद्यमीहरूलाई उत्पादन र वितरणको लागि विशेष रणनीतिहरू प्रदान गर्ने, बजारीकरणको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यावसायीको भेट : नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, २८ जेठ : छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बस्नुभएको होटल ताजमा आज भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा सम्पन्न… पुरा पढौ

स्वास्थ वीमा बाेर्डकाे ३ अरब भन्दा बढी बेरुजु असुल्न निर्देशन

काठमाडौ ,जेठ २७/जनतालाई स्वास्थ सेवा सहजरूपमा दिने उदेश्यका साथ लागु गरिएको स्वास्थ वीमा कार्यक्रम बापत दर्ता सहयोगी बाट कर बापतकाे रकम कम असुली गरेको भन्दै महालेखा परीक्षक कार्यालयले  स्वास्थ्य वीमा वाेर्डकाे २०७९/२०८० काे लेखापरीक्षण गर्दा ३ अरब ७५ करोड ४२ लाख ९ सय १७ रूपैयाँ बेरुजु देखाएको छ । बेरुजुकाे दफा नम्बर ३ मा उल्लेख भएको दर्ता सहयोगी लाई भुक्तानी हुने प्राेत्साहन रकममा आयकर ऐन २०५८ काे नियम ८८ काे उपनियम १ मा रहेको ब्यवस्था  बमोजिम बासिन्दा ब्यक्तिले नेपालमा स्राेत… पुरा पढौ

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सबै तहका पार्टी कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “सहकारी आन्दोलनको महत्त्व ठीक ढङ्गले बुझ्ने, जनताको दैनिक जीवन र सरोकारका प्रश्नहरूको अध्ययन गर्ने, त्यसको नेतृत्व गर्दै क्रान्तिकारी जनमत निर्माण गर्न सकिन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “तसर्थ, पार्टीका सबै तहका कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन,… पुरा पढौ

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य

काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उहाँले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताउनुभयो । “सूचना प्रविधिलाई अर्थतन्त्रको सम्वाहकका रूपमा स्थापित गर्ने,… पुरा पढौ

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईकाे बी एन्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो । काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको नाममा जारी भएको परमादेशमा यस वर्षको शैक्षिक सत्र सुरु हुनु अघि नै सम्बन्धन दिन भनिएको छ ।  २०७३ सालमै मेडिकल कलेज सञ्चालनका लागि निवेदन दिए पनि २०७५ सालमा नयाँ चिकित्सा शिक्षा ऐन आएपछि… पुरा पढौ

त्रिभुज परियोजना देशकै महत्त्वपूर्ण हुने

पोखरा, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताउनुभयो । उहाँले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिनुभयो । “भरतपुर,… पुरा पढौ

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय

पोखरा, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एम.बि.बि.एस. तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिनुभयो । “चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको… पुरा पढौ