वर्षा शिवाकोटीको प्रवेशसँगै ‘महाराजधिराज’ मा स्टार कलाकारको भीड

-


     हिडन खबर    
     वैशाख २६ गते २०८२ मा प्रकाशित


काठमाडौं ।बैशाख २६

चलचित्र महाराजधिराज मा कलाकार अनुबन्धको क्रम जारी छ। बलियो स्टार कास्ट बनाउने लक्ष्यका साथ निर्माण पक्षले नायिका वर्षा शिवाकोटीलाई अनुबन्ध गरेको छ। यसअघि आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका थिए।

वर्षाको प्रवेशसँगै चलचित्रमा स्टार कलाकारहरूको बाक्लो उपस्थिति देखिएको छ। यसले दर्शकहरूमा चलचित्रप्रति उत्साह थपेको छ।

चलचित्रमा जय किशन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिने निश्चित भइसकेको छ।
महाराजधिराज लाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्दै छन्। चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ र फिल्म यस वर्षको फूलपातीमा प्रदर्शनमा आउनेछ।

चलचित्रको कथा पनि निर्देशक सेनकै लेखनमा आधारित छ। उनले निर्देशन गरेको अघिल्लो चलचित्र प्रेमगञ्ज ले समीक्षात्मक सफलता पाएको थियो।

चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि बुलाकी निर्माण गरेका थिए। उक्त चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो।
महाराजधिराज का निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन्।