अर्थतन्त्र

लेखनाथमा लमजुङ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

लेखनाथ, १६ जेठ लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार एक विशेष कार्यक्रमका बीच लमजुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ। कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले संस्था व्यक्तिको हैन, विधिको आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै नेतृत्वको दासत्वमा सञ्चालन हुनु नहुने बताइन्।उनले व्यवसायीहरूको हितमा निरन्तर काम गर्ने संघ सफल हुने विश्वास व्यक्त गरिन्। लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले यो भ्रमण आफुहरूको पहिलो अध्ययन अवलोकन भ्रमण भएको उल्लेख गर्दै नेपालकै उत्कृष्ट वाणिज्य संघको रूपमा स्थापित… पुरा पढौ

विदेशको दूरीमा पनि स्वरको नाता बलियो: नकुल र नबिनाको नयाँ लोकदोहोरी सार्वजनिक

नेपाली लोकसंगीत क्षेत्रमा फरक स्वाद बोकेको नयाँ लोकदोहोरी गीत “चिठ्ठी के पठाम” दर्शक तथा श्रोतामाझ सार्वजनिक भएको छ। चर्चित गायक नकुल ढकाल र उनकी छोरी नबिना ढकालको सुमधुर स्वरमा सजिएको यस गीतले पारिवारिक सम्बन्ध, माया, सम्झना र भावनात्मक अनुभूतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। गीतका शब्दरचना स्वयं नकुल ढकालले गरेका हुन् भने लय सिर्जना वसन्त थापाले गरेका हुन्। लोकभाकाको मिठाससँगै आधुनिक प्रस्तुतिको संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ। विशेषतः बाबा–छोरीको स्वरमा रेकर्ड गरिएको गीत भएकाले यसको भावनात्मक पक्ष झन् गहिरो… पुरा पढौ

संस्थापिका प्रेरणा खड्कालाई महिला हित सहकारीद्वारा सम्मान

बागलुङ ।जेठ १३ महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले संस्थापिका सदस्य प्रेरणा खड्का लाई सम्मान गरेको छ। बा.न.पा.–३ गुठी निवासी तथा हाल यूकेमा बसोबास गर्दै आएकी खड्कालाई संस्थाप्रति पुर्‍याएको योगदानको कदर गर्दै एक समारोहबीच दोसल्ला ओढाएर सम्मान गरिएको हो। संस्थाकी अध्यक्ष लिला देवी केसी खड्का ले खड्कालाई सम्मान प्रदान गरेकी थिइन्। कार्यक्रममा महिला हित संरक्षण समूहका अध्यक्ष सन्तु खड्का, लेखा सुपरिवेक्षण समितिका संयोजक सावित्री केसी, सचिव पम्फा किसान लगायत शेयर सदस्यहरूले पनि सम्मान व्यक्त गरेका थिए। सम्मानित… पुरा पढौ

बडिगाडमा भीषण हावाहुरी र असिनापानीको कहरदुई दर्जनभन्दा बढी घरमा क्षति, मकैबाली पूर्णरुपमा नष्ट

बागलुङ, जेठ १२ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा गएराति आएको भीषण हावाहुरी र असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिका कारण गाउँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्। विशेषगरी दाँग क्षेत्रमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउनुका साथै भित्तामा चिरा पार्ने र विद्युत सेवा अवरुद्ध गराउने जस्ता समस्या निम्त्याएको हो। रातिको समयमा आएको विपत्तिपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। स्थानीयका अनुसार डेमबहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकली घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीमबहादुर रास्कोटी, कल्पना घिमिरे, देवीचन रास्कोटी,… पुरा पढौ

बलिराम चौहानले गरे नयाँ चलचित्र निर्माणको घोषणा‘ल्याङ्ग ल्याङ्ग’ निर्देशन गर्दै बलिराम चौहान

काठमाडौं । निर्देशक बलिराम चौहान ले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गत वर्ष चलचित्र The Blue Light निर्देशन गरेका चौहानले अब नयाँ चलचित्र ल्याङ्ग ल्याङ्ग निर्माण गर्ने भएका हुन् । निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल सार्वजनिक गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको औपचारिक घोषणा गरेका हुन् । स्काइफल पिक्चर्स को प्रस्तुतिमा निर्माण हुने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसबाट चलचित्रले युवा पुस्ताको कथा प्रस्तुत गर्ने संकेत गरेको छ । ‘ल्याङ्ग ल्याङ्ग’ शब्द युवा पुस्ताले साथीभाइबीच… पुरा पढौ

सविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक

काठमाडौं । गायक सविन श्रेष्ठ को नयाँ गीत ‘कल्पना’ सार्वजनिक भएको छ । आइतबार २९ रिसोर्ट एन्ड फार्म हाउसमा आयोजित कार्यक्रममा गीतको प्रिमियर गर्दै सार्वजनिक गरिएको हो । गीतमा स्वर, शब्द तथा संगीत स्वयं सविन श्रेष्ठकै रहेको छ । गीतले बितिसकेको प्रेमको सम्झना र त्यससँग जोडिएको भावनात्मक नोस्टाल्जियालाई प्रस्तुत गरेको छ । पुरानो मायालाई सम्झिँदै विगतका अनुभूति र सम्बन्धका भावनालाई गीतमार्फत व्यक्त गरिएको छ । गीतका शब्दमा प्रेमिकाले सम्बन्ध त्यागेर गए पनि आफूले प्रेमलाई अझै निश्चल, पवित्र र चोखो रूपमा… पुरा पढौ

स्याङ्जाकी बत्ति कुमारी थापा बनिन् ‘दोस्रो गण्डकी लोक तारा’

कास्की ,जेठ ९ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको आयोजनामा सम्पन्न ‘दोस्रो गण्डकी लोक तारा’ प्रतियोगिताको उपाधि स्याङ्जाकी प्रतिभाशाली गायिका बत्ति कुमारी थापाले जितेकी छन्। लोकदोहोरी क्षेत्रका विभिन्न प्रतिभाबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा लमजुङका युगेश परियार द्वितीय तथा बागलुङकी ललिता घर्ती मगर तृतीय हुन सफल भएका छन्। गण्डकी प्रदेशभरका प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले लोकदोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। विजेता बत्ति कुमारी थापाले मधुर स्वर, मौलिक प्रस्तुति र… पुरा पढौ

जुना श्रीस मगरको “माया रैछ ठूलो” गीत सार्वजनिक 

लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका जुना श्रीस मगरको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत “माया रैछ ठूलो” सार्वजनिक भएको छ।  मायाँ, भावना र सम्बन्धको गहिराइलाई समेटिएको यस गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। जुना श्रीस मगरको मिठासपूर्ण स्वरले गीतलाई अझ आकर्षक बनाएको छ भने शब्द तथा संगीतले प्रेमभावलाई जीवन्तता दिएको छ।  सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय श्रीस मगरका हरेक प्रस्तुति जस्तै, यस गीतले पनि दर्शक–श्रोताबाट माया पाउने विश्वास… पुरा पढौ

घडीको सुई उल्टो घुमेर : पञ्चेबाजा गीत सार्वजनिक

लोकदोहोरी तथा पञ्चेबाजा गीतको क्षेत्रमा नयाँ स्वाद थप्दै गायक ईश्वर सिंह र लोकप्रिय गायिका कालिका रोका मगरको स्वरमा रहेको नयाँ गीत “घडीको सुई उल्टो घुमेर” भव्य रूपमा सार्वजनिक गरिएको छ।  मौलिक लय, आधुनिक प्रस्तुति र भावनात्मक शब्द संयोजनले भरिएको यस गीतले प्रेम, विछोड र समयको उल्टो यात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। विशेषगरी पञ्चेबाजा शैलीमा तयार पारिएको यस गीतले नेपाली मौलिक संगीतको स्वादलाई अझ जीवन्त बनाएको छ।  गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युब प्लेटफर्ममा दर्शक तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन जेठ ८ गते

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकबाट निर्णय गर्दै निर्वाचन तालिका सार्वजनिक गरिएको हो । महासंघले जारी गरेको सूचनाअनुसार जेठ ८ गते महासंघ सचिवालय, बैठक बस्ने कार्यक्रम अनुसार निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सो दिन अपराह्न १ बजेदेखि मतदाता नामावली प्रकाशन गरिनेछ भने दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ । निर्वाचन कार्यतालिकाअनुसार अपराह्न १ः२० बजेदेखि १ः४५ बजेसम्म मनोनयन पत्र दर्ता… पुरा पढौ