अर्थतन्त्र

बुबाको सम्झनामा मानव सेवा आश्रमलाई सरसफाइ सामग्री सहयोग

बागलुङ, जेठ २६ बुबा देवीप्रसाद गौतमको स्मृतिमा उहाँका छोराद्वय ओमप्रकाश गौतम र बलराम गौतमले मानव सेवा आश्रम, बागलुङलाई सरसफाइ सामग्री सहयोग गर्नुभएको छ। बागलुङ नगरपालिका–३ लालिगुराँस चोक निवासी दाजुभाइ ओमप्रकाश गौतम (गौतम इलेक्ट्रोनिक्सका सञ्चालक) र बलराम गौतम (न्यू गौतम फेन्सी स्टोर्सका सञ्चालक)ले पितृ स्मरणस्वरूप आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालज्यूहरूको सेवा–सुविधा सहज बनाउन आवश्यक सरसफाइ सामग्री सप्रेम अर्पण गर्नुभएको हो। उक्त सामग्री आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरिएको थियो। गौतम परिवारले मानवीय सेवाभावका साथ गरेको सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन… पुरा पढौ

कुलेन्द्र विश्वकर्माको ‘सानो मन नगर’ सार्वजनिक, प्रेम र विश्वासको सुन्दर कथाले जित्दै दर्शकको मन

नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै आएका गायक कुलेन्द्र विश्वकर्माले आफ्नो नयाँ गीत ‘सानो मन नगर’ सार्वजनिक गरेका छन्। चर्चित गायिका मेलिना राईसँगको सुमधुर युगल स्वर रहेको यो गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट उल्लेखनीय साथ पाइरहेको छ। गीतले प्रेम सम्बन्धमा देखिने भावनात्मक उतार–चढाव, एकअर्काप्रतिको विश्वास र मायाको गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। शब्दकार नवराज पन्तले सरल तर मन छुने शब्दमार्फत संवेदनशील भावनालाई जीवन्त बनाएका छन् भने बसन्त थापाको संगीतले गीतलाई थप आकर्षक बनाएको छ।भिडियोमा… पुरा पढौ

मालिका सेवा समाजद्वारा जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थी सम्मान

जेठ २२, बागलुङमालिका सेवा समाज, बागलुङले बागलुङ नगरपालिका–५ मालिकामा जेष्ठ नागरिक तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा वडाभित्रका ७ जना जेष्ठ नागरिक र ५ विद्यालयका २० जना विद्यार्थीलाई सम्मान गरिएको हो। जेष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई कदर गर्दै उहाँहरूको अनुहारमा खुशी ल्याउने उद्देश्यले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। विद्यार्थी सम्मान कार्यक्रममा मालिका माध्यमिक विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, वालश्रम प्रावि तथा बागलुङ नगरपालिका–६ को लहरेपिपल माध्यमिक विद्यालयका १९ जना उत्कृष्ट छात्र–छात्रालाई एक वर्ष… पुरा पढौ

भावनाले भरिएको ‘चिठ्ठी के पठाऊँ’ युट्युब र सामाजिक सञ्जालमा चर्चित

बागलुङ नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रमा चर्चित गायक–गायिका नविना ढकाल र नकुल ढकालको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘चिठ्ठी के पठाऊँ’ यतिबेला दर्शक तथा श्रोतामाझ चर्चामा रहेको छ। माया, वियोग, प्रतीक्षा र भावनात्मक सम्बन्धको कथा बोकेको यस गीतले ग्रामीण परिवेशको मौलिक स्वाद प्रस्तुत गरेको छ।नविना र नकुलको स्वर संयोजनले गीतलाई अझ जीवन्त बनाएको छ भने गीतका शब्द र संगीतले श्रोताको मन छुने प्रयास गरेको छ। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा गीतप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन्।विशेषगरी लोकदोहोरी पारखीहरूले गीतको भाव, प्रस्तुति… पुरा पढौ

अक्टोप्याडका जादुगर पदम क्षेत्री : आधुनिक तालमार्फत लोकसंगीतमा नयाँ क्रान्ति

नेपाली लोकसंगीत क्षेत्रमा पछिल्लो समय अक्टोप्याड वादक पदम क्षेत्रीको नाम निकै चर्चित बनेको छ। स्टेज कार्यक्रमदेखि डिजिटल प्लेटफर्मसम्म उनले प्रस्तुत गर्ने आकर्षक बीट र ऊर्जावान प्रस्तुतीले लोकसंगीतप्रेमीहरूको मन जित्न सफल भएको छ। परम्परागत लोकसंगीतलाई आधुनिक प्रविधिसँग जोड्दै पदम क्षेत्रीले अक्टोप्याडमार्फत नयाँ प्रयोग गरिरहेका छन्। लोक भाकाको मौलिकता कायम राख्दै आधुनिक इलेक्ट्रोनिक तालको समिश्रण गर्ने उनको शैलीले नेपाली लोकसंगीतलाई थप जीवन्त र आकर्षक बनाएको छ। यही कारण आज उनी लोकदोहोरी तथा सांगीतिक मञ्चहरूमा अत्यन्त व्यस्त र खोजी गरिएका कलाकारमध्ये एक बनेका… पुरा पढौ

नृत्य संग्राम सिजन–२ मा सिम्ररण बिकको दमदार यात्रा, भोटको अपिल

नेपालको चर्चित नृत्य रियालिटी शो “नृत्य संग्राम सिजन–२” मा प्रतिभाशाली बाल नृत्यांगना सिमरन बिकले उत्कृष्ट प्रस्तुति मार्फत दर्शक तथा निर्णायकहरूको मन जित्दै सेमिफाइनल यात्रा अझ सशक्त बनाएकी छन्। जुनियर ग्रुप ‘ए’ अन्तर्गत प्रतिस्पर्धा गरिरहेकी सिमरनले नेपाली मौलिक पहिरन, संस्कृति र कलालाई नृत्यमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै आफ्नो अलग पहिचान बनाउन सफल भएकी छन्। उनको आत्मविश्वास, अनुशासन र कलाप्रतिको समर्पणले उनलाई प्रतियोगिताको बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ।सानै उमेरदेखि नृत्यप्रति विशेष रुचि राख्दै आएकी सिमरनले विभिन्न मञ्चहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी… पुरा पढौ

सौन्दर्यकर्मीहरूका लागि एकदिने लाइभ डेमोन्स्ट्रेशन सेमिनार सम्पन्न

बागलुङ, १९ जेठ सौन्दर्यकला व्यवसायी संघ बागलुङको आयोजनामा सौन्दर्यकर्मीहरूका लागि एकदिने लाइभ डेमोन्स्ट्रेशन सेमिनार सम्पन्न भएको छ। सौन्दर्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै आय–आर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यले कुमकुम हर्बल प्रालिको सहयोगमा अनुहार तथा कपालको श्रृङ्गारका लागि आवश्यक सामग्रीसहित सैद्धान्तिक तथा व्यवहारिक सेमिनार आयोजना गरिएको हो। बागलुङ, पर्वत र म्याग्दीमा व्यवसाय सञ्चालन गर्दै आएका सौन्दर्यकर्मीहरूको सहभागितामा सेलोभेरा प्रो, न्यानो पलास्टीया, डाक्टर स्किन फेसियल मिट सम्बन्धी लाइभ डेमोन्स्ट्रेशन गरिएको थियो। ६० जना सहभागी रहेको सेमिनारमा हेयर स्टाइलिस्ट विष्णु पुन तथा आइसिटी बागलुङकी सञ्चालक… पुरा पढौ

जैमिनी बालमैत्री नगर घोषणा

बागलुङ, जेठ १८ जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार जैमिनी नगरलाई बालमैत्री शासनयुक्त नगरको रूपमा घोषणा गरे। मुख्यमन्त्री पाण्डेले बालमैत्री नगर बन्ने मात्र नभई भविष्यमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, अभिभावकलाई सचेत बनाउने र नगरलाई बालमैत्री अवधारणामा निरन्तर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले यसका लागि नागरिकको निरन्तर अनुगमन र खबरदारी आवश्यक हुने बताए। नगरपालिकाले बालमैत्री अद्यावधिकका लागि नियमित बजेट व्यवस्थापन, कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नुपर्ने सुझाव पनि उनले दिए।सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बालमैत्री… पुरा पढौ

मौलिकताको पक्षमा सशक्त कदम : ‘यानी माया’मार्फत राम गगनको नयाँ प्रस्तुति

नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा पछिल्लो समय नयाँ सिर्जना र प्रस्तुति लिएर आउने कलाकारहरूको संख्या बढ्दो छ। यही क्रममा कलाकार राम गगनको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न सफल भएको छ। गीतको भिडियोमा नेपाली संगीत क्षेत्रका चर्चित सर्जक तथा कलाकार प्रकाश सपूत आकर्षक नृत्यमा देखिएका छन्। प्रकाश सपूतजस्ता लोकप्रिय कलाकारको सहभागिताले गीतप्रति दर्शकको चासो अझ बढाएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।‘यानी माया’ ले नेपाली समाज, प्रेम, भावना… पुरा पढौ

खानेपानीमा कर छुट : महासंघद्वारा सरकारलाई धन्यवाद, विद्युत् महसुलमा थप सहुलियतको माग

काठमाडौं, जेठ १७ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल (फेडवासन) ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट दिने व्यवस्था गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ। महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा आर्थिक विधेयक २०८२ मार्फत आयकर ऐन, २०५८ मा संशोधन गरी जलस्रोत ऐन, २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले आफ्नो उद्देश्यअनुसार आर्जन गरेको रकममा कर छुट हुने कानुनी व्यवस्था गरिएको उल्लेख गरिएको छ। महासंघले उक्त निर्णयका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, अर्थ समितिलगायत… पुरा पढौ