अर्थतन्त्र

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी… पुरा पढौ

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताउनुभयो । “नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई… पुरा पढौ

सिवाइसी साकोसमा व्यवसाय विकास सेवा कक्ष स्थापना

बागलुङ / बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थामा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको छ । अमेरिकी अन्तर्राष्टिय सहयोग नियोग ९यूएसएड० र नेफ्स्कूनको सहयोगमा व्यवसाय विकास सेवा कक्ष स्थापना गरिएको हो । सेवा कक्षको यूएसएडका नेपाल प्रमुख एग्नेस लुजले एक समारोहका विच उद्घाटन गर्नु भएको हो । यूएसएड र नेफ्स्कूनको सहयोगमा देशका विभिन्न ३१ सहकारीमा व्यवसाय विकास कक्ष स्थापना गर्ने योजना अनुसार सिवाइसी सहकारीको केन्द्रिय कार्यालय हल्लनचोकमा स्थापना गरिएको छ । सो अबसरमा बोल्दै युएसएआइडीका नेपाल प्रमुख एग्नेस लुजले… पुरा पढौ

सरकार र सहकारी पीडित बचतकर्ता बीच ८ बुँदे सहमति

काठमाडौ /सहकारी पीडित बचतकर्ताहरू चैत १ गतेदेखिआन्दोलनमा उत्रिएको ८ दिनपछि सरकारले सहमति गरेको छ ।सरकार र आन्दोलनरत सहकारी पीडित बचतकर्ता बीच भएको वार्ता निष्कर्षमा पुगेको छ । आज सहकारी मन्त्रालयमा भएको दुई पक्ष वार्तामा ८ बुँदे लिखित सहमति भएको हाे। ८ बुँदे सहमतिमा सघर्षरत सहकारी पीडित पक्षले माग गरेका एंव हाल देखिएका सहकारी संस्थाहरुको निरक्षण अनुगमन गरी हिसाव जाँच गर्ने र जाँच गर्दा समस्यामा देखिएका सहकारी संस्थाको पहिचान गरी त्यस्ता संस्थाहरुलाई  समस्याग्रस्त घोषणा गर्नु पर्ने भएमा विस्तृत विवरण सहित सरकारलाई… पुरा पढौ

ऐतिहासिक चैते दशै मेला सफल बनाउन बिभिन्न उपसमिति गठन

बागलुङ /बागलुङमा हरेक बर्ष लाग्ने ऐतिहासिक चैते दशै मेला भब्य र सभ्य रूपमा सफल पार्न कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे मूल आयोजकत्वमा बिभन्न उपसमिति गठन गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिको बैठकले चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्का लाइ भलिबल संयाेजक उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयाेजक ,काेषाध्यक्ष रामबहादुर खड्कालाई लाेक दाेहाेरी संयाेजकबिद्या खड्कार गीत खड्कालाई अतिथि सत्कार संयाेजक ,ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयाेजक ,राजेन्द्र शाक्य रथ यात्रा… पुरा पढौ

लक्की मिडिया हाउसले चैते दसैँमा बागलुङमा सांस्कृतिक कार्यक्रम गर्ने

चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभएकाे छ । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिनुभयो । लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा… पुरा पढौ

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

पोखरा(कास्की), ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो । “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय… पुरा पढौ

कालीका भगवती गुठीको फागुन महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ । कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत फागुन महिनामा भएको एक महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हाे । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको शुक्रबारको बैठकमा फागुन महिनामा ३५ लाख ११ हजार ५ सय ३५ रूपैयाँ आम्दानी र खर्च तर्फ २७ लाख ३६ हजार ८ सय ९० रूपैयाँ भइ… पुरा पढौ

मेयर बालेन ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

काठमाडौं । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । फगुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ । विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन्… पुरा पढौ

सहकारी पीडितहरूले चैत १ गतेदेखि आन्दोलनमा उत्रिदै

बागलुङ / लाखौं बचत कर्ताहरूले सहकारीमा जम्मा गरेको रकम अवचलन गरेर सहकारीका संचालक फरार भएपछि सहकारी पीडितहरू आफ्नो बचत रकम फिर्ता गराउन पुन आन्दोलनमा उत्रिन लागेका छन् । सरकारले चैत मसान्तसम्म बचत कर्ताले जम्मा गरेको रकम फिर्ता गर्ने लिखित सहमति लागु नहुने भएपछि यहीँ चैत १ गतेदेखि राजधानी केन्द्रीय आन्दोलन शुरू गर्ने भएका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघलेआन्दोलनको लागि राजधानीमा घर दैलाे अभियान गरेरसबै सहकारी पीडितहरूलाइ चैत १ गतेदेखि हुने आन्दोलनमा उत्रिन आव्हान गरेको संघर्ष समितिका अध्यक्ष… पुरा पढौ