पेट्रोलमा ५ रूपैयाँ , मट्टितेल र डिजेलमा ३ रूपैयाँ भाउ घट्यो

-


     हिडन खबर    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपाल आयल निगमले आज विहिवार राति १२ बजेदेखि पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्ने जनाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ । 

त्यसैगरी मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार राजधानी काठमाडौं र वरपरका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । 

मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर १५५ कायम भएको जनाइएको छ ।