खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालकाे पत्रकार सम्मेलन

-


     हिडन खबर    
     भाद्र ९ गते २०८१ मा प्रकाशित


चितवन / खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले आफ्नो २२ आ‌ैं स्थापना दिवस मनाउने बारे पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे छ ।

पर्यटकीय नगरी चितवनको साैराहमा आयोजीत पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले आम उपभोक्ता लाई खानेपानी खुवाउदै आएको खानेपानी संस्थालाई सरकारले जबर्जस्ती कर लगाउने निति ल्याएकाे हुदा त्यो कुनै पनि हालतमा आफुहरूलाई मान्य नहुने बताए ।

देशमा ३ तहका सरकारले खानेपानी सम्बन्धि काम गर्न खाेजे पनि त्यो प्रभावकारी हुन नसकेको अहिले काम गरिरहेकाे खानेपानी संस्थाहरू मुनाफा रहित संस्था भएको कारणले सरकारले लगाउन खाेजेकाे कर तत्काल खाेरज गर्न र बिद्धुत महसुस ५० प्रतिशत कम गर्नुपर्ने अध्यक्ष अर्यालले बताए ।

खानेपानी संस्थाकाे २२ आ‌ै स्थापना दिवसको दिन संघीय खानेपानी मन्त्री प्रदीप यादव लगायतका सराेकारवाला निकायका प्रमुख संग छलफल गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियोे ।संस्थाले बर्षभरी
खानेपानी तथा सरसफाइका बिषयमा कलम चलाउने पत्रकार लाई पुरस्कृत गर्ने कार्यक्रम समेत तय गरेको छ ।
कार्यक्रममा रत्न नगर खानेपानी संस्थाका माधव अर्याल लगायतका बक्ताहरूले पत्रकार सम्मेलनमा धारणा राखेका थिए ।