पुर्व डिआइजी रमेश खरेलले सुराकीको नाममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता

-


     हिडन खबर    
     भाद्र २ गते २०८१ मा प्रकाशित


काठमाडौ /तत्कालीन डिआइजी रमेश खरेलले आफ्नी पत्नीलाई नक्कली सुराकी बनाएर कमिशन लिएको भ्रष्टाचार हो भन्दै उनीविरुद्ध युवराज सफलले अख्तियारमा कार्यवाहीको माग गर्दै उजुरी हालेका छन्।

खरेलले सुराकीकाे नाममा आफ्नो श्रीमतीलाई सुराकी खडा गरि पदको समेत दुरुपयोग गरि कमिशन लिएको स्विकार्दै त्यो कमिशन वैध हो भनेकाे भन्दै सफलले खरेल विरूद्व
अख्तियारमा मुद्दा दर्ता गराएका हुन् ।

तत्कालीन डिआइजी खरेलले हालै एक टेलिभिजन अन्तरवार्तामा आफ्नो पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएको सहर्ष स्विकारेका थिए । पत्नीलाई नक्कली सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएको भन्दै उनको आलोचना भइरहेको छ । यसैबीच युवराज उजुरी लिएर अख्तियार पुगेका हुन् । 

वास्तविक सुराकी कर्तालाई सुराक गरेवापत निश्चित रकम दिने कानुनी व्यवस्था रहेता पनि नक्कली सुराकी खडा गरी कमिशन खानु भ्रष्टाचारजन्य कार्य भएकाले खरेलमाथि कारवाही हुनुपर्ने उजुरीमा माग गरिएको छ ।

सी-०१०४०८/२०८१।०५।०२ दर्ता नम्बर रहेको उजुरीमा २०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरुबाट रकम असुली गरी राज्य कोषमा ल्याउन मागसमेत गरिएको छ ।