आईटीसी ब्यूटी पार्लर ट्रेनिङ सेन्टर २७ बर्ष पुगेको अवसरमा रमाइलो तीज तथा सम्मान कार्यक्रम

-


     राजेशचन्द्र राजभण्डारी     
     भाद्र १६ गते २०८१ मा प्रकाशित



काठमाडौ भदौ १६ आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरले नेपाली हिन्दु नारीहरूकाे महान चाड तीज पर्वको अवसरमा आयोजीत कार्यक्रम नेपाली माैलिक संस्कृति अनुसार मनाएको छ ।

तीज पर्व एकपछि अर्को गरि विकृति विसंगति तर्फ उन्मुख भइरहेको बेला आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरले भने पृथक ढंगले तीज पर्व मनाइ महिला दिदीबहिनी लाई दर
खुवाएर मनाएको हाे ।

महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष शाेभा ज्ञवालीले
अहिले महिला दिदीबहिनीहरूलाई उद्धम अगाडि बढाउनुकाे बिकल्प हामी संग छैन दाइ पनि बाहिर भाइ पनि
बाहिर भएका छाेराछाेरी पनि बाहिर अहिले छाेरी बुहारी मात्र घरमा भएको हुदा अब अगाडि बढ्ने भनेको महिला दिदीबहिनी भएको बताए ।

समाजमा शाेषित पीडित महिलाहरूकाे अधिकारकाे पक्षमा आवाज उठाउने तथा समाजबाट अपहेलित महिलाहरूलाई
सम्मानित पेशामा स्थापित गर्ने बिश्वास नेपालकी कार्यकारी निर्देशक मधु गुरूङ आइटीसी बाट दक्षता हासिल गरि ब्यूटी क्षेत्रमा साथै विभिन्न उत्पीडित महिला तथा बालबालिकाकाे हकहितकाे लागि आवाज उठाउदै आएकी सामाजिक अभियन्ता चन्द्रा आ‌ेझा लाई कार्यक्रममा सम्मान गरिएको थियो ।

आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरमा २७ बर्ष देखि निरन्तर रूपमा संस्थाकाे विकास विस्तार एवम् सुदृढीकरण लगायत
काे क्षेत्रमा याेगदान पुर्‍याउने ११ जना महिला दिदीबहिनीलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा महिला उद्यमी महासंघका अध्यक्ष एवम् रिपव्लिक मिडियाका शाेभा ज्ञवाली बिश्व हिन्दु महासंघका बरिस्ठ उपाध्यक्ष जाेस्ना साउद बिश्व हिन्दु महासंघका राजेन्द्र तिवारी एभिन्युज खबरका पत्रकार राजेशचन्द्र राजभण्डारी मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख कृष्ण थापा छाला राेग बिशेषज्ञ डाक्टर सुयाेग मैनाली लगायतका बक्ताहरूले तीज पर्व नेपाली संस्कृति अनुसार मनाउनु पर्ने धारणा राखेेका थिए ।

आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरका प्रमुख शाेभा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममाआइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरका संझना काे स्वागत चर्चित कलाकार राजेश वर्दैवाकाे संचालनमा सम्पन्न भएको थियो ।