कालीका भगवती गुठी बागलुङको श्रावण महिनामा १९ लाख २० हजार २ सय ८८ रूपैयाँ आम्दानी

-


     हिडन खबर    
     भाद्र १ गते २०८१ मा प्रकाशित



बागलुङ भदौ १

बागलुङ / कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक महिनाको पहिलो साता गुठीको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अनुसार श्रावण महिनाको हिसाब सार्वजनिक गरेको छ ।

कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले श्रावण महिनाको हिसाबकिताब सार्वजनिक गरेको हाे ।

श्रावण महिनामा कालीका भगवती मन्दिरमा भक्तजनले चढाएको भेटि बाट ६ लाख २९ हजार ८ सय २५ चामल बिक्री बाट १ हजार ५ सय ,बाेका बलि बाट १ हजार ,सटर भाडा बापत ९ लाख ४८ हजार ८ सय ८० रूपैयाँ ,विवाह बाट ५ सय रूपैयाँ ,मन्दिर लाई आर्थिक सहयोग १ लाख ७ हजार ५ सय ३३ रूपैयाँ ,परेवा बिक्री बाट २ लाख २२ हजार २ सय ५० रूपैयाँ पण्डित बाट ८ हजार ८ सय रूपैयाँ गरि १९ लाख २० हजार २ सय ८८ रूपैयाँ आम्दानी गरेको सचिव अर्जुन खड्काले बताए ।

यस्तै कालीका भगवती गुठीले श्रावण महिनाभरि ११ लाख ४१ हजार ६ सय रूपैयाँ खर्च गरेको जनाएको छ ।गुठीले
श्रावण महिनामा स्टेसनरी तर्फ ८४ हजार ,कर्मचारीको तलमा ४ लाख १८ हजार ५ सय रूपैयाँ ,बिद्धुत खर्च ४० हजार ७ सय रूपैयाँ ,अतिथि सत्कार तर्फ ७६ हजार ९ सय
रूपैया ,आर्थिक सहयोग १५ हजार ,मेसिन तथा उपकरण खर्च ३ लाख रूपैयाँ ,खाध्यान्न तथा आवास तर्फ ७१ हजार
बिज्ञापन खर्च १० हजार ,साँस्कृतिक कार्यक्रम तथा भजन तर्फ १ लाख ५ सय लेखापरीक्षण खर्च २५ हजार गरि ११ लाख ४१ हजार ६ सय खर्च भएको सचिव खड्काले बताए ।
कालीका भगवती गुठीले श्रावण महिनामा १९ लाख २० हजार २ सय ८८ रूपैयाँ आम्दानी र श्रावण महिनामा ११ लाख ४१ हजार ६ सय रूपैयाँ खर्च गरि ७ लाख ७८ हजार ६ सय ८८ रूपैयाँ आम्दानी गरेको छ ।

नेपाल क‌ै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा देश तथा विदेश बाट पुजा अर्चनाकाे लागि भक्तजनहरू आउने क्रम बढेसंगै मन्दिरको आम्दानी समेत बढेर गएपनि श्रावण महिनामा भने अरू महिनामा भन्दा मन्दिरको आम्दानी केही घटेको छ ।