पहिरोपीडितलाई बडिगाड‌-१०, प्रबासबासी दाजुभाईको आर्थिक सहयोग

-


     हिडन खबर    
     भाद्र ३ गते २०८१ मा प्रकाशित


बागलुङ / अविरल वर्षाका कारण आएको पहिरोबाट साउन २२ गते बडिगाड गाउँपालिका वडा-१० आरुपाटाका पहिरोपीडितलाई बडिगाड‌-१०, हाल प्रबासबासी दाजुभाईको आर्थिक सहयोग गरेको छ ।

बडिगाड-१०, हाल दक्षिण कोरिया बासी दाजुभाईहरुको सक्रियताले बडीगाड गाउँपालिकाका पहिरापीडितहरुको लागि संकलन गरेको सहयोग रकम बडिगाड-१०, का वडा अध्यक्ष विरेन्द्र कुमार बुढालाई हस्तान्तरण गरिएको हाे ।

बडिगाड -१०, प्रबासबासी दाजुभाई दक्षिण कोरिया बाट तुलसीराम बुढा मगर, सुरज कुमार पुन मगर,प्रभाव बुढा मगर, समर मगर, खिम बुढा मगर, नवीन बुढा मगर, मित्रलाल बुढा मगर र पढम बुढा मगर, इन्द्र लोप्चन निसिखोला-०७, युद्ध भण्डारी बडिगाड-०९, नरसिंह पुन मगर गौमुखी,प्युठान, सुशील पुन मगर हिस्तन,म्याग्दी, छविन्द्र गुरुङ चितवन र बब्बी सिँह ठकुरी जाजरकोट बाट नेपाली नगद रु १०१,१२३/- र बडिगाड -१०, प्रबासबासी दाजुभाई जापान बाट दुर्लभ बुढा मगर र गौमन बुढा मगर बाट नेपाली नगद रु १५,०००/- सहित नगद रु ११६,१२३/- संकलित रकम पीडितहरुलाई सहयोग होस भनि स्थानीय सरकार सँग जोडिएर वितरण गर्दा न्यायपूर्ण र प्रभावकारी हुने विश्वासले सहयोग वितरण को जिम्मा बडिगाड-१०, का वडा अध्यक्ष विरेन्द्र कुमार बुढालाई दिइएको र सम्पूर्ण रकम अध्यक्ष बुढामगरको खातामा जम्मा गरिएको बडिगाड -१०, प्रबासबासी दाजुभाईका संयोजक समर मगरले बताए ।

बडीगाड गाउँपालिका वडा -१० आरुपाटाका पहिरोपीडितहरुको लागि राहत उपलब्ध गराउने पवित्र उद्देश्य राखेर सहयोग रकम संकलन गर्नु भएकोमा सम्पुर्ण प्रबासबासी युवा दाजुभाई लाई धन्यवाद दिएकाे अध्यक्ष बुढाले बताए । यो सहयोग रकम प्रभावित क्षेत्रमा गएर पीडित परिवारहरुलाई हस्तान्तरण गरिने बताए ।

गत २२ गते रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका -१०, आरुपाटामा ०९ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् । अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।