अर्थतन्त्र

जापानमा बलेवा सेवा समाजको सांस्कृतिक जमघट, सीता परियारको प्रस्तुतिले जित्यो मन

टोकियो। बलेवा सेवा समाज जापानको आयोजनामा बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। जापानको टोकियोस्थित कामातामा रहेको चिनो भान्छा घरमा आयोजित कार्यक्रममा बागलुङको गल्कोटमा जन्मिएकी तथा बलेवाकी बुहारी चर्चित लोकदोहोरी गायिका सीता परियारलाई सम्मान गरिएको थियो। परियारको सांगीतिक प्रस्तुतिले कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै माहोललाई थप उत्साहित बनाएको थियो। कार्यक्रममा सोनाली परियार र दिया पाठककी नानीले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै, समाजका अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) र… पुरा पढौ

बागलुङ कारागारमा दशैँको खुसी बाँड्दै उद्योग वाणिज्य संघ, कैदीबन्दीलाई खसी उपहार

बागलुङ, कात्तिक १। बागलुङ उद्योग वाणिज्य संघले विजयादशमीको अवसरमा जिल्ला कारागार बागलुङमा रहेका कैदीबन्दीलाई खसी र चिउरा उपहार दिएको छ। संघले आइतबार कारागारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कैदीबन्दीका लागि एक थान खसी र चिउरा हस्तान्तरण गरेको हो। कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले चाडपर्वले सबैमा खुसी, सद्भाव र भाइचाराको भावना बढाउने बताउनुभयो। परिवारबाट टाढा रहेका कैदीबन्दीलाई पनि चाडपर्वको अनुभूति गराउन संघले गरेको सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो। संघका अध्यक्ष राजनकुमार शाक्यले कारागारमा रहेका कैदीबन्दीलाई दशैँका अवसरमा खुसी… पुरा पढौ

जन्मदिनको फजुल खर्च कटाएर मानवसेवा आश्रममा भोजन सेवा

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोजकुमार श्रेष्ठ र पूर्वअध्यक्ष तालबहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर मानवसेवा आश्रम बागलुङमा भोजन सेवा गरेका छन्। दुवै लायन्स लिडरले आइतबार (कात्तिक १गते) बागलुङ नगरपालिका–१ निरयघाटस्थित मानवसेवा आश्रममा पुगेर ४५ जना आश्रितहरूलाई एक छाक भोजन गराएका हुन्। जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यले भोजन सेवा गरिएको हो। व्यक्तिगत खुसीलाई असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवासँग जोड्दै उनीहरूले मानवता र सेवाभावको सन्देश दिएका छन्।लायन्स क्लब अफ धौलागिरि बागलुङले… पुरा पढौ

गणेश मन्दिर जाने बाटो हिलाम्मे, स्थानीयलाई सास्ती

बागलुङ। जैमिनी नगरपालिका–कुस्मिसेरास्थित अस्पताल चोकदेखि बजार हुँदै गणेश मन्दिर जाने बाटो हिलाम्मे हुँदा स्थानीयवासी, पैदलयात्री र भक्तजनलाई आवतजावतमा सास्ती भएको छ। बजार क्षेत्रमै सडकको अवस्था बिग्रिएपछि दैनिक आवतजावत असहज बनेको हो। धार्मिक स्थल जाने बाटोसमेत हिलाम्मे हुँदा सडक मर्मत र पानी निकासको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ। जैमिनी नगरपालिका र सम्बन्धित वडा कार्यालयले स्थलगत निरीक्षण गरी बाटोको अवस्था सुधार गर्न आवश्यक पहल गर्नुपर्ने स्थानीयको अपेक्षा छ। नागरिकले दैनिक प्रयोग गर्ने सडक व्यवस्थित बनाउन सम्बन्धित निकायले प्राथमिकता दिन आवश्यक… पुरा पढौ

बागलुङमा HMIS तथा eHMIS/DHIS2 सम्बन्धी तालिम सम्पन्न

बागलुङ, असोज ३० । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङले स्वास्थ्य सूचना प्रणालीसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। परिमार्जित स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) तथा eHMIS/DHIS2 सम्बन्धी तालिममा बागलुङका १० वटै स्थानीय तहका २२ जना कर्मचारीसहित प्रदेश जनस्वास्थ्य कार्यालयका कर्मचारी सहभागी थिए। नयाँ नियुक्ति भएका, यसअघि तालिम लिन छुटेका तथा स्वास्थ्य सूचना प्रणालीको डिजिटलाइजेसनमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक प्रविण शर्माले स्वास्थ्य सेवासम्बन्धी तथ्याङ्कको अभिलेखीकरण, विश्लेषण र प्रतिवेदनका लागि… पुरा पढौ

जैमिनीमा पहिरोले ६ हल खेत पुरियो, किसान चिन्तित

बागलुङ । जैमिनी नगरपालिका–१, पोखरीमा गएको पहिरोले करिब ६ हल खेत पुरेको छ। खेतीयोग्य जमिनमा क्षति पुगेपछि स्थानीय किसान चिन्तित बनेका छन्। स्थानीयका अनुसार असोज १० वा ११ गते गएको पहिरोले खेत पुरेको हो। वर्षभरि मेहनत गरेर उत्पादन गर्ने जमिनमा क्षति पुगेपछि कृषि उत्पादन र जीविकोपार्जनमा असर पर्ने चिन्ता बढेको उनीहरूले बताएका छन्। पहिरोबाट क्षति पुगेको लामो समय बितिसक्दा पनि नगरपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित निकायबाट स्थलगत निरीक्षण नभएको स्थानीयको गुनासो छ। उनीहरूले क्षतिको वास्तविक विवरण संकलन गरी प्रभावित किसानलाई आवश्यक… पुरा पढौ

लायन्स क्लबद्वारा प्रहरी प्रभाग नेपालटारलाई भौतिक सामग्री हस्तान्तरण

काठमाडौं, असोज २९। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियामा रहेका लायन्स क्लब अफ काठमाडौं मनमैजु र लायन्स क्लब अफ काठमाडौं सिनर्जीको संयुक्त आयोजनामा प्रहरी प्रभाग नेपालटार, काठमाडौंलाई भौतिक सामग्री हस्तान्तरण गरिएको छ। समुदाय–प्रहरी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीलगायत लायन्सका विभिन्न पदाधिकारी तथा नेतृत्वकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल प्रहरीका अधिकारी, लायन्सका नेतृत्वकर्ता, पदाधिकारी, सदस्य तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति… पुरा पढौ

बानस्थलीमा लायन्सको दोस्रो सल्लाहकार समिति बैठक सम्पन्न

काठमाडौं, असोज २८। लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाको डिस्ट्रिक्ट गभर्नरको दोस्रो सल्लाहकार समिति बैठक काठमाडौंको बानस्थलीस्थित सिनाबोन क्याफेमा सम्पन्न भएको छ। १४ अक्टोबर २०२६ मा जोन चियरपर्सन थालप्रसाद सिम्खडाको संयोजनमा सम्पन्न बैठकमा सम्बन्धित जोनअन्तर्गतका लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठक सफलतापूर्वक सम्पन्न गर्न क्लस्टर चिफ शाहदेव बस्नेत र रिजन चियरपर्सन दिपेन्द्र केसीले समन्वय तथा सहयोग गरेका थिए। डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले बैठकको सफल आयोजनाका लागि जोन चियरपर्सन सिम्खडा, क्लस्टर चिफ बस्नेत… पुरा पढौ

तमानखोलाका १५ विपद् प्रभावित घरपरिवारलाई सशस्त्र प्रहरीको राहत

बागलुङ । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर बागलुङले तमानखोला गाउँपालिकाका १५ विपद् प्रभावित घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पदम सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले प्रधान कार्यालयबाट प्राप्त खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको हो। गाउँपालिका अध्यक्ष जोकलाल बुढाको रोहवरमा वडा नम्बर ३ का ६ घरपरिवार र वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपालीको रोहवरमा उक्त वडाका ९ घरपरिवारलाई राहत उपलब्ध गराइएको सशस्त्र प्रहरीले जनाएको छ। राहत सामग्रीमा चामल, पिठो, चिनी, चिया,… पुरा पढौ

चाडपर्वमा पनि सुनसान जैमिनी बजार

बागलुङ । नेपालीहरूको महान् चाड विजयादशमीसहित अन्य चाडपर्व नजिकिँदै गर्दा पनि बागलुङको जैमिनी बजारमा अपेक्षित चहलपहल देखिएको छैन। चाडपर्वका बेला व्यापार बढ्ने अपेक्षा गरेका स्थानीय व्यवसायी बजारमा ग्राहकको उपस्थिति न्यून भएपछि निराश बनेका छन्। चाडपर्वलाई लक्षित गरी व्यापारीहरूले लत्ताकपडा, जुत्ता–चप्पल, कस्मेटिक सामग्री तथा दैनिक उपभोग्य वस्तुको जोहो गरेका छन्। पसल सजाएर ग्राहकको आगमन बढ्ने प्रतीक्षामा रहेका व्यवसायीले भने अपेक्षाअनुसार कारोबार गर्न नसकेको गुनासो गरेका छन्। व्यापारमा कमी आए पनि घरभाडा, विद्युत्, कर्मचारीको तलब तथा अन्य सञ्चालन खर्च नियमित रूपमा व्यहोर्नुपर्ने… पुरा पढौ