पर्यटन

चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु, दयाहाङ र प्रकाश पहिलोपटक एकै साथ

काठमाडौं — दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ को वर्कसप सुरु भएको छ । निर्देशक यम शेर्पाका अनुसार आइतबारदेखि फिल्मका प्रमुख कलाकारहरूको सहभागितामा वर्कसप थालिएको हो । “सुटिङ सहज होस्, कलाकारबीचको तालमेल र कथासँगको आत्मीयता बढोस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले बताए, “यसले छायांकन छिटो सक्न पनि सहयोग गर्नेछ ।” कान्तिपुर फिल्म एकेडेमी मा वर्कसप भइरहेकाले चलचित्र ‘मिरमिरे’ को छायांकन यही शुक्रबारदेखि सुरु हुने भएको छ । अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा गरिनेछ । प्रकाश… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्। गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे। “खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक… पुरा पढौ

नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण काठमाडौंमा

काठमाडौं, असार १५ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसकाे अवसर पारेर नयाँ संस्करण गरिएकाे  नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  । चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिएकाे थियो । नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा भएको यस विशेष… पुरा पढौ

युरोप टुर २०२५ को सुरुवात फिनल्यान्डबाट, रमेशराज भट्टराई र भूमिका गिरी एकै मञ्चमा

"बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई" गीतबाट चर्चित गायक रमेशराज भट्टराई र "चोली मैलै भो" की गायिका भूमिका गिरीले युरोप टुर २०२५ को सुरुवात फिनल्यान्डबाट गर्ने भएका छन्। चौतारी इभेन्ट्स फिनल्यान्डको आयोजनामा हुन लागेको यो सांगीतिक कार्यक्रम जुलाई ५, शनिबारका दिन हेलसिन्कीस्थित Malmin työväentalo मा हुनेछ। रमेशराज भट्टराई नेपाली आधुनिक र लोकदोहोरी गीतका लोकप्रिय गायक हुन्। बहुला शैलीका गीतहरूका कारण उनी 'बहुला गायक' भनेर पनि चिनिन्छन्। बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबईजस्ता देशहरूमा प्रस्तुति दिइसकेका भट्टराईको यो पहिलो युरोप टुर हो।… पुरा पढौ

चलचित्र विधेयक पुनरवलोकनका लागि सरोकारवालासँग छलफल : अध्यक्ष प्रचण्ड

काठमाडौं १३ असारनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चलचित्र विधेयक २०८१ को पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नुभएको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला सहभागी थिए। अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयको रूपमा लिएर राज्यले गम्भीरताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले खेल र चलचित्र क्षेत्रजस्ता विषयमा राजनीतिक नेतृत्वले कम ध्यान दिएको उल्लेख गर्दै आफू भने सधैं यस… पुरा पढौ

मनोवैज्ञानिक थ्रिलर ‘द ब्ल्यू लाइट’को छायांकन सम्पन्न

काठमाडौं, असार १३ — मनोवैज्ञानिक थ्रिलर शैलीमा निर्माण गरिएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ को छायांकन सम्पन्न भएको छ। जेठ २२ गतेदेखि काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा सुरु भएको छायांकन २५ कार्यदिवसमा सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ। बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्र स्काइफल पिक्चर्सको प्रस्तुति हो। चौहान यसअघि बहुचर्चित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका थिए। ‘द ब्ल्यू लाइट’ उनको निर्देशनमा बनेको पहिलो चलचित्र (डेब्यु) हो। चलचित्रमा प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश… पुरा पढौ

नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण आयोजना हुँदै

काठमाडौं, असार १३ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण यही आइतबार, असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना हुँदैछ। राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  । चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिने भएको छ । नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा हुने यस… पुरा पढौ

४० देशमा एकसाथ रिलिज हुँदै नेपाली चलचित्र ‘कोशेढुंगा’

काठमाडौं, असार १०निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘कोशेढुंगा’ आगामी भदौ १२ गते (अगस्ट १८) नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुने भएको छ। सर्वकालीन ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ पछि पौडेलको यो नयाँ प्रस्तुति सेभेन सिज इन्टरनेसनलमार्फत अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत, क्यानाडालगायत देशहरूमा प्रदर्शन हुँदैछ। निर्माण कम्पनीका अनुसार अन्य केही देशमा पनि वितरणका लागि छलफल भइरहेको छ। सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालका अनुसार यो चलचित्र डायस्पोरा नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन… पुरा पढौ

को हुन् ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ का मनिष राउत ?

काठमाडौं, असार ८ नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते देशभर प्रदर्शनमा आउँदैछ। चर्चित अभिनेता विजय बरालको प्रमुख भूमिका रहेको यस चलचित्रमा मनिष राउत एसोसिएट डिरेक्टरको रूपमा संलग्न छन्। मनिष राउत नेपाली सिने जगतमा ‘प्रेमगीत ३’ बाट चिनिएका अभिनेता हुन्। उक्त फिल्ममा उनले प्रदीप खड्कापछि दोस्रो मुख्य भूमिकामा अभिनय गरेका थिए। अभिनयमार्फत लोकप्रियता कमाएका उनले यसपटक भने पर्दामा होइन, पर्दामागाडिको भूमिकामा आफूलाई स्थापित गर्न खोजेका छन्। जनै हराएको मान्छे’ मा उनले अभिनय गरेका छैनन्। त्यसबारे… पुरा पढौ

‘गण्डकी लोक तारा’ को उपाधि बागलुङका प्रेम विकलाई

बागलुङ, असार ७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ उपाधि बागलुङका प्रेम विकले हात पारेका छन्। विश्व संगीत दिवसको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका थिए। गण्डकी प्रदेशका ९ वटा जिल्लाबाट छनोट गरिएका १८ जना प्रतिस्पर्धीबीच पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा प्रेम विकले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्। प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङ… पुरा पढौ