गायिका सुनितामी परियारको “माया हिरिक्कै” सार्वजनिक

-


     हिडन खबर    
     चैत्र २८ गते २०८२ मा प्रकाशित


नायक पल शाह र गायिका सुनितामी परियारको नयाँ लोकदोहोरी गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ।
गायक वसन्त थापाको संगीत तथा सर्जक नवराज पन्तको शब्दमा तयार भएको यस गीतमा गायिका सुनितामी परियार र गायक थापाले स्वर दिएका छन्।

गीतमा माया–प्रेमको भावनात्मक कथा प्रस्तुत गरिएको छ। भिडियोमा दुबै कलाकारको आकर्षक अभिनय देख्न सकिन्छ।

गम्भीर बिष्टको निर्देशन, पवन सुर्लिङको छायांकन तथा प्रविन भट्टको सम्पादनमा बनेको यो म्युजिक भिडियो सुनितामी परियार अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। सार्वजनिक भएको केही समयमै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र नेपाली संगीतप्रेमीबीच लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।