पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको उत्तरार्धतिर जाँदा भक्तजन र दानवीरहरूको उपस्थिति उल्लेखनीय रूपमा बढ्दो छ। प्रवचन, भजन, हवन, वक्तृत्वकला प्रतियोगिता लगायतका आध्यात्मिक गतिविधिले कोटिहोमलाई धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रमा रूपान्तरण गरेको छ। देश–विदेशबाट आएका साधु–सन्त, महन्तहरूका सन्देशले श्रद्धालुहरूमा उत्साह थपेको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराजको प्रेरणाले उनका गाउँ धुर्कोटका जनप्रतिनिधिहरूदेखि विद्यालयका प्रतिनिधिसम्मको सहभागिता देखिएको छ। बागलुङकी बढिगाउँ गाउँपालिका अध्यक्ष गण्डकी थापाले २ लाख १ हजार १ सय १२ रुपैयाँ सहयोग गर्दै दुई…
पुरा पढौ