पर्यटन

चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । भोलिबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक… पुरा पढौ

पुरुषोत्तम न्यौपाने सांगीतिक साँझलाई बागलुङ कलाकार समाजको आर्थिक सहयोग

केपि कुमार जलन बागलुङ कलाकार समाजले आगामी "Ncell पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ-२०८१" कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कार्यक्रमको आयोजना राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा आगामी चैत्र २२ गते पोखराको सभागृहमा गरिने कार्यक्रम रहेको छ। बागलुङ कलाकार समाजले यस सांगीतिक साँझको आयोजनामा सहयोग गर्न कलाकारलाई आर्थिक सहायता प्रदान गरेको छ गायक बसन्त थापा ५ हजारदेबी घर्ती ५ हजार रेशम निर्दोष कमल कुमार बिक ताराकान्त बीक ,सूर्य खड्का ले ५/५ हजार तुलबीर थापा २० हजार… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको छैटौं हप्तामा प्रवेश

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र छैटौं सातामामा प्रवेश गरेको हो । प्रदर्शनको पहिलो दिनमै उल्लेखनीय कमाइ गर्दै सफल यात्रा तय गरिरहेको यस चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण टिमले बताएको छ । चलचित्र ‘लाज शरणम्’ उच्च शो सहित प्रदर्शनमा आएको थियो र अहिले पनि यसको शोहरूमा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ । दर्शकबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाइरहेको यस चलचित्रले अझै केही समय प्रदर्शनको यात्रा कायम… पुरा पढौ

कर्मा’को एक्सन हेरेर प्रभावित नायिका उपासना सिंह

काठमाडौं । नायिका उपासना सिंह ठकुरीले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । “म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,” उपासना भन्छिन्, “मैले आजसम्म एक्सन सिनेमा गरेको छैन । तर, अब काम गर्ने रहर छ ।” एक्सन गर्ने नायकको अपोजिटमा रहे पनि आफू भने ‘कर्मा’मा एक्सन भूमिकामा नरहेको स्पष्ट पारिन् । तर, एक्सन सिनेमामा काम गरिरहँदा आफूलाई… पुरा पढौ

चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त गरियो

काठमाडौं । चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त गरिएको छ । निर्माणपक्षले आज कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा चलचित्रका अधिधकांश मुख्य कलाकारको उपस्थिति थियो । मुहूर्त सट लिइएसँगै सिनेमाको छायांकन सुरु भएको छ । ‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् । निर्माता विनोद पौडेलले सिनेमाको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताएका छन् । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलका अनुसार ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।… पुरा पढौ

चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा

काठमाडौं । लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ । सोमवार सुशान्त केसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सन अर्न्तगत ७ नम्बर ट्रेन्डिङ कब्जा गरेको छ । प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । सिनेमाको गीत सार्वजनिक भएसँगै ‘कर्मा’को हाइप पनि बढेको छ । सार्वजनिक गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । जसको उदाहरण, २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङ कब्जा गर्नु… पुरा पढौ

सुशान्तले गाएको ‘कर्मा’को गीतमा उपासनालाई विपीन भन्दैछन्– म पागल जस्तै भइसकेँ

काठमाडौं । चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो । ‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ । एकले अर्काको आँखामा देखेको प्रेमको… पुरा पढौ

चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाए

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् । केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ । दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ… पुरा पढौ

‘जनै हराएको बाहुन’बाट सुशान्कको कमब्याक

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ । ‘जनै हराएको बाहुन’लाई हिमाल… पुरा पढौ

कर्मा’मार्फत आफूले कर्मको खेलको कथा

काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले संकेत गरेका छन् । टिजरमा उनले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि यसलाई प्रष्ट पार्छ । मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अथवा मान्छेले जे भोग्छ र जति भोग्छ त्यो उसको कर्मकै फल हो भन्ने टिजरले देखाएको छ । सौरभले पनि यही नै बताएका छन्… पुरा पढौ