पर्यटन

एनआरएनए पोर्चुगलको महाधिवेशन जुन ८ मा: अध्यक्ष पदमा बागलुङका सुजन केसीको उम्मेदवारी

लिस्बन, पोर्चुगल – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको दशौं महाधिवेशन यही आउँदो जुन ८ तारिखमा सम्पन्न हुने भएको छ। सो महाधिवेशनमा अध्यक्ष पदका लागि बागलुङका युवा समाजसेवी सुजन केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनए पोर्चुगलमा विगतदेखि नै सक्रिय रहँदै आएका केसीले संस्थाको संरचना, उद्देश्य तथा समस्याहरूको समाधान प्रक्रियासम्म राम्रो अनुभव र समझ राख्ने व्यक्ति मानिन्छन्। उनी कुनै व्यवसायी वा ठूला पुँजीपतिको प्रतिनिधि नभई श्रमिक वर्गबाट अघि आएका साधारण नेपाली नागरिक हुन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा… पुरा पढौ

लाज शरणम्’ टिमद्वारा विद्यालयलाई सहयोग, १०१ औं दिनको अवसरमा सामाजिक उत्तरदायित्व

काठमाडौं।जेठ २५ नेपाली चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको १०१औं दिन मनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई सहयोग प्रदान गरेको छ। चलचित्र टिमले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा अवस्थित श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, झोला (ब्याग) र पानीको बोतल वितरण गरेको हो। यस सहयोग कार्यक्रम मदर किड्स फाउन्डेसन नेपाल को आयोजनामा सम्पन्न भएको हो, जसमा चलचित्रका निर्माता नवीन श्रेष्ठ स्वयं उपस्थित भई सामग्री हस्तान्तरण गरेका थिए। “चलचित्र लाज शरणम् ले १०१ औं दिन सफलतापूर्वक पूरा गरेको अवसरमा हामीले… पुरा पढौ

द ब्ल्यू लाइट’को रहस्यमय पोस्टर सार्वजनिक: बेनिशा हमाल डार्क अवतारमा

काठमाडौं । प्रतीक्षित चलचित्र ‘द ब्ल्यू लाइट’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा प्रमुख कलाकार बेनिशा हमाललाई बारमा तनावपूर्ण मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा बेनिशा निलो प्रकाशको संयोजनमा देखिएकी छिन्। हातमा चुरोट च्यापेर बसेकी उनको अनुहारमा देखिएको तनाव, अगाडि रहेको रक्सीको कप र उनको ‘गेटअप’ले उनी बारगर्लको भूमिकामा रहेको सङ्केत गर्छ। यो पोस्टरले कसैबाट धोका पाएपछिको तनाव झल्काएको हो कि भन्ने अनुमान गरिएको छ, यद्यपि निर्माण पक्षले यसबारे थप खुलाएको छैन। बेनिशाको भूमिका र चलचित्रको… पुरा पढौ

कोटिहोममा ऐतिहासिक भीड: एकै दिन ५ लाख भक्तजन, २१ करोड दीप प्रज्वलन

पोखरा, जेठ २५ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार देशभरबाट झन्डै ५ लाख भक्तजन सहभागी भएका छन्। आयोजकका अनुसार यो धार्मिक कार्यक्रम हालसम्मकै सबैभन्दा ठूलो भीड भएको ऐतिहासिक क्षण बनेको छ। निर्जला एकादशी तथा २१ करोड दीप प्रज्वलनको अवसरले गर्दा पनि भक्तजनको उपस्थिति विशेष रह्यो। बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे दीप प्रज्वलन गरिएको थियो। मानव सेवा फाउन्डेसनका अनुसार यति ठूलो दीप प्रज्वलन कार्यक्रम सम्भवत: पहिलोपटक भएको हो। भीडले पोखराको यातायात व्यवस्थामा… पुरा पढौ

कोटीहोममा भोलि २१ करोड दीप प्रज्वलन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ अन्तर्गत शनिबार २१ करोड दीप प्रज्वलन गरिने भएको छ। आयोजकका अनुसार यति ठूलो संख्यामा दीप प्रज्वलन सम्भवतः हालसम्म देश–विदेशमा कहीँ पनि भएको छैन। मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आ–आफ्नो घरबाट ज्योति लिएर दीप प्रज्वलनमा सहभागी हुन भक्तजनहरूलाई आग्रह गरेका छन्। उनका अनुसार शनिबार बिहान १० बजे ‘ज्योति भिजाउने’ कार्य सम्पन्न गरी साँझ ६ बजे दीप प्रज्वलन गरिनेछ। शनिबार निर्जला एकादशी समेत परेकाले फूलको होलीसमेत खेलिने कार्यक्रम रहेको… पुरा पढौ

अभिमन्यु : च्याप्टर–१’ काे काउन्टडाउन सुरु, पोस्टर सार्वजनिक

हिड्न खबर डट कम काठमाडौं। बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले पोस्टर सार्वजनिक गर्दै रिलिजको काउन्टडाउन सुरु गरेको छ। निर्माण टिमले आज चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै ९९ दिनपछि सिनेमा रिलिज हुने जानकारी दिएको हो। चलचित्र आगामी भदौ २७ गते देशभर रिलिज हुने तयारीमा छ। पोस्टरमा तराईको जीवनशैली सार्वजनिक पोस्टरले चलचित्रको पृष्ठभूमि तराई क्षेत्र रहेको संकेत गर्दछ। पोस्टरमा धानबारीको फाँट र केराको बगान देखिएको छ। त्यही दृश्यमा एक युवकले सरकारी विद्यालयको पोसाकमा रहेकी सानी नानीलाई कापी–किताब च्यापेर स्कुलतर्फ लैजाँदै… पुरा पढौ

‘जनै हराएको मान्छे’को ‘आमा’ गीत सार्वजनिक, भावुक बनायो दर्शक

काठमाडौं, २१ जेठ – नेपाली चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*को भावुक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर रहेको छ भने मनिषा सुनारको साथ स्वर रहेको छ। सार्वजनिक गीतमा आमाको ऋण तिर्न राजधानी आएको छोराको संघर्ष, आशा, निराशा र भावनात्मक पीडा समेटिएको छ। काठमाडौं सजिलो होला भन्ने सपना बोकेर आएकाहरूले भोग्ने यथार्थ, आमाप्रतिको माया र असहायपन गीतमा उजागर गरिएको छ। “समय रोकिए हुन्थ्यो”, “आमालाई चाँडै नलैजाओस्” भन्ने झल्को दिने शब्दहरूले दर्शक–श्रोताको मन छोएको… पुरा पढौ

निर्जला गुरुङ र रविन लामिछानेको झ्याउरे गीत ‘गोरखा घर काठमाडौंमा डेरा’ सार्वजनिक

गायक रविन लामिछाने र गायिका निर्जला गुरुङको स्वरमा सजिएको झ्याउरे गीत ‘गोरखा घर काठमाडौंमा डेरा’ सार्वजनिक भएको छ। गोरखा जिल्लाको सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय विशेषतालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको यो मौलिक गीतमा गायक लामिछानेको शब्द, संगीत र स्वर रहेको छ भने गायिका गुरुङले आवाजमा साथ दिएकी छन्। गीतको संगीत भिडियो दीप गुरुङको निर्देशनमा तयार पारिएको हो। भिडियोमा विजय लामिछानेको छायांकन, पदम सुवेदीको सम्पादन, र आनन्द गुरुङ, लक्ष्मी गुरुङ, मनोज गुरुङ तथा मिरा गुरुङको अभिनय देख्न सकिन्छ। गोरखाको ऐतिहासिक चिनारीसँगै… पुरा पढौ

द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, छायांकन २२ गतेदेखि सुरु

हिड्नखबर डट्कम काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को शुभमुहूर्त सम्पन्न गरिएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माण टिमले विधिपूर्वक शुभमुहूर्त गरेको हो। शुभमुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार तथा प्राविधिकहरू सहभागी थिए। शुभमुहूर्तपछिको छायांकन यही जेठ २२ गते (बिहीबार) बाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन हुने यस चलचित्रका लागि २० दिने सुटिङ तालिका तय गरिएको छ। चलचित्रको निर्देशन बलिराम चौहानले गर्दैछन्। चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो… पुरा पढौ

🎬 ‘जनै हराएको बाहुन’ अब ‘जनै हराएको मान्छे’

हिडन खबर डट्कम भदौ ६ मा रिलिज हुने फिल्मको पोस्टर सार्वजनिक काठमाडौं – आगामी भदौ ६ गते रिलिज हुने नेपाली चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को नाम परिवर्तन गरिएको छ। अब यो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शीर्षकमा सार्वजनिक हुनेछ। निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नामप्रति चासो देखाएपछि विवाद टार्न शीर्षक परिवर्तन गरिएको हो। साथै, मुख्य पात्र विजय बरालको पोस्टर पनि सार्वजनिक गरिएको छ। पोस्टरमा उनी रातो सर्टमा दुई झोला बोकेर… पुरा पढौ