मुस्ताङ, जेठ २८गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुखहरूसँग विशेष अन्तरक्रिया गर्नुभएको छ। मुस्ताङ जिल्लाको भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले कार्यालय प्रमुखहरूसँगको छलफलमा स्थानीय प्रशासन, विकास निर्माण, सेवा प्रवाह तथा जनताको हितमा भइरहेका कार्यहरूको बारेमा जानकारी लिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा उहाँले मुस्ताङजस्तो भौगोलिक रूपमा विशिष्ट जिल्ला विकासका दृष्टिले अझ बढी प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीयता कार्यान्वयन, सेवा प्रवाहमा पारदर्शिता, सुशासनको अभ्यास,…
पुरा पढौ