समाचार

लहरेपिपल माध्यमिक विद्यालयका विद्यार्थीबाट बाढीपीडितलाई राहत सहयोग

बागलुङ, भदौ २२ – बागलुङ नगरपालिका–६ स्थित श्री लहरेपिपल माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कल तथा बाल क्लबले रसुवा लगायत बाढीबाट प्रभावित क्षेत्रमा सहयोगस्वरूप संकलित रकम ९ हजार ४ सय १५ रूपैयाँ हस्तान्तरण गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयका विद्यार्थी बाट संकलित राहत रकम आइतबार आयोजित एक कार्यक्रमबीच प्रधानाध्यापक कुलराज शर्मालाई हस्तान्तरण गरिएको हो। विद्यालय परिसरमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले विपद्को घडीमा विद्यार्थीहरूले देखाएको मानवीय भावना प्रशंसनीय रहेको… पुरा पढौ

रसुवाका बाढीपीडितसम्म राहत पुर्‍याउन लायन्सको कठिन यात्रा, राहत सामग्री हस्तान्तरण

काठमाडौं, भदौ २२ । रसुवाको बेत्रावती क्षेत्रमा भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउन लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ जी, नेपालका प्रतिनिधिहरूले कठिन यात्रा तय गर्दै राहत हस्तान्तरण गरेका छन्। जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्सको टोली सेप्टेम्बर ५ को बिहान काठमाडौंबाट रसुवाको बेत्रावतीतर्फ प्रस्थान गरेको थियो। लगातारको वर्षा, हिलाम्मे कच्ची सडक, भौगोलिक विकटता तथा अत्यधिक सवारी चापका कारण राहत बोकेर गएको टोलीले यात्राका क्रममा विभिन्न कठिनाइ सामना गरेको जनाएको छ। टोलीका अनुसार नुवाकोट… पुरा पढौ

तेस्रो संस्करण खुला अनलाइन तीजगीत प्रतियोगिता–२०८३ आयोजना हुँदै

बागलुङ । नेपाली मौलिक कला, संस्कृति तथा लोकभाकाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘तेस्रो संस्करण खुला अनलाइन तीजगीत प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। धुनयात्रा (DhunYatra) को आयोजनामा हुने प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपाली कलाकार तथा तीजगीतप्रेमीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वितीय हुनेले ३ हजार रुपैयाँ र तृतीय हुनेले २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले सम्पादन नगरिएको… पुरा पढौ

जैमिनी ब्याडमिन्टन संघद्वारा तीज मेला स्थगित

बागलुङ, भदौ २१ — जैमिनी ब्याडमिन्टन संघको आयोजना तथा जैमिनी नगरपालिका–९ को मुख्य सहयोगमा आयोजना हुने तय भएको तीज मेला–२०८३ स्थगित गरिएको छ। संघले आइतबार एक सूचना जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा मुलुक शोकको अवस्थामा रहेकाले यस वर्षको तीज मेला स्थगित गर्ने निर्णय गरिएको जनाएको हो। संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको… पुरा पढौ

काठमाडौंमा आपत्कालीन रक्तदान अभियान, मोटरसाइकल राइडरहरूको उल्लेखनीय सहभागिता

काठमाडौं, भदाै २१ देशका विभिन्न अस्पतालमा रगतको अभाव हुन नदिन लायन्स क्लबहरूले काठमाडौं उपत्यकामा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सोही अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं कोर सिटी ले शनिबार खुसीबुँस्थित समशेर मोटरसाइकल वर्कसपमा आपत्कालीन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। लायन्स क्लब अफ काठमाडौं कोर सिटीको आयोजना तथा समशेर मोटरसाइकल वर्कसपको सहकार्यमा आयोजित कार्यक्रममा मोटरसाइकल राइडर, युवा तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई जनमैत्री सामुदायिक सेवा केन्द्रले प्राविधिक सहयोग गरेको थियो। क्लबका अध्यक्षले पछिल्लो समय… पुरा पढौ

रसुवा–नुवाकोटका बाढीपीडितलाई लायन्स डिस्ट्रिक्ट ३२५ आरको राहत

काठमाडौं, भदौ २१ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गतका लायन्स तथा लियो क्लबहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रका पीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन्। सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै डिस्ट्रिक्ट ३२५ आरले भदौ १० गते आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे क्षेत्रका प्रत्यक्ष प्रभावित परिवारलाई भदौ २० गते राहत सामग्री हस्तान्तरण गरेको हो। डिस्ट्रिक्ट सचिव पूर्णप्रसाद शर्माका अनुसार डिस्ट्रिक्ट अन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लब र सदस्यहरूबाट सङ्कलित… पुरा पढौ

बाढीपीडितको राहतमा लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीको सहयोग

काठमाडौं, भदौ २१ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री ले नुवाकोटको सिमलचौर क्षेत्रका बाढीपीडित परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बाढीबाट प्रभावित परिवारलाई ग्यासचुलो, प्रेसर कुकर, भाँडाकुँडा, सिरक, डसना लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीको प्याकेज हस्तान्तरण गरिएको हो। हालै रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको… पुरा पढौ

निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

काठमाडौं, भदौ २१ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका निशा सुनारको नयाँ लोक–सांगीतिक कोसेली ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक भएको छ। नेपाली मौलिकता, आकर्षक शब्द–संगीत तथा श्रव्य–दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ। गीतमा गायिका निशा सुनारसँगै लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतको स्वर रहेको छ। गीतको शब्द र संगीत प्रकाश सपूतकै रहेको छ भने संगीत संयोजन सुदीप सागरले गरेका छन्। गीतको म्युजिक भिडियोमा चर्चित कलाकार निरुता सिंह, प्रकाश सपूत र बिन्दु बोहोराको अभिनय… पुरा पढौ

विपद् प्रभावितको सहयोगमा म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसन, राहत कोषमा ५० लाख सहयोग

काठमाडौं, भदौ २१ — रसुवा, नुवाकोट लगायत हालैको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्। कम्पनीका तर्फबाट उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको हो। त्यसैगरी, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको समन्वयमा नुवाकोटको त्रिशूलीस्थित दुई अस्थायी आश्रयस्थल—भैरूम माध्यमिक विद्यालय र… पुरा पढौ

चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०८३ सम्पन्न

काठमाडौं, भदौ २० ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०८३ शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। रसुवा लगायत विभिन्न जिल्लामा हालै गएको बाढीपहिरोका कारण मुलुक विपद्को चुनौतीसँग जुधिरहेका बेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा अवार्ड समारोह आयोजना गरिएको हो। नेपाली संगीत क्षेत्रका स्रष्टा, गायक–गायिका, संगीतकार तथा विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट कलाकार तथा सर्जकलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सच्चाइ केन्द्रका प्रकाशदीप गैरे र सुशीला गैरे,… पुरा पढौ