समाचार

सगरमाथा संवादका लागि भारतद्वारा १५ विद्युतीय सवारीसाधन हस्तान्तरण

काठमाडौं — नेपाल सरकारले आयोजना गरेको 'सगरमाथा संवाद' कार्यक्रमको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। नेपाल–भारत विकास साझेदारी अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहका क्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले हस्तान्तरण गरेका हुन्। समारोहमा मन्त्री डा. राणाले भारत सरकारप्रति आभार व्यक्त गर्दै सगरमाथा संवादजस्ता कार्यक्रमहरू जलवायु परिवर्तनजस्तो साझा चुनौतीको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताइन्। “जलवायु… पुरा पढौ

गण्डकी कोटिहोममा एक हजारभन्दा बढी कन्या पूजन, ज्येष्ठ नागरिक सम्मान

भक्तजनको अपार उपस्थितिले महायज्ञ स्थल खचाखच पोखरा, वैशाख २७ – पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शनिबार भक्तजनको अपार उपस्थितिका साथ भव्य रुपमा सम्पन्न भयो। देशभरिबाट आएका श्रद्धालुहरूको भीडले महायज्ञ स्थल पूरै भरिएको थियो, जसले व्यवस्थापनमा आयोजकलाई हम्मे-हम्मे पारे पनि सफलतापूर्वक सम्हालिएको थियो। उक्त दिन ३ देखि ९ वर्ष उमेर समूहका एक हजारभन्दा बढी कन्या पूजनमा सहभागी गराइए। साथसाथै ७० वर्षभन्दा माथिका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। सांस्कृतिक कार्यक्रमअन्तर्गत लोकदोहोरी गायक पशुपति शर्मा, गायिका… पुरा पढौ

प्रचण्डको घोषणा: अब कांग्रेस-एमालेसँग होइन, माओवादी आफ्नै बाटोमा अघि बढ्छ

पाँचथर, वैशाख २७ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी पार्टी कांग्रेस र एमालेसँग नजोडिने स्पष्ट घोषणा गर्नुभएको छ। शुक्रबार फिदिम बजारमा माओवादी केन्द्र पाँचथरद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी आफ्नै खुट्टामा उभिएर अघि बढ्ने बताउनुभयो। उहाँले माओवादी नेतृत्वमा सुरु भएका मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र उत्तर–दक्षिण करिडोर जस्ता ठूला पूर्वाधार योजनाहरू जनहितका ऐतिहासिक कदम भएको उल्लेख गर्नुभयो। प्रचण्डले पछिल्लो कार्यकालमा आफूले सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियान… पुरा पढौ

जार’ले भारतमा दर्शक लटायो, निर्देशकलाई हलमै उपन्यास उपहार!

काठमाडौं, वैशाख २७ — शुक्रबारबाट नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जार’ भारतका नेपाली भाषी क्षेत्रमा हिट भएको छ। सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा दर्शकको चाप बढेपछि थुप्रै मल्टिप्लेक्सले शोज थप्न थालेका छन्। सिलिगुडीको आइनक्स हलमा पहिलो दिनदेखि नै शोज विस्तार गरिएको कार्यकारी निर्माता ज्योती क्षेत्रीले जानकारी दिइन्। दोस्रो चरणमा मिरिक, आसाम, देहरादून, दिल्ली, कोलकाता लगायतका सहरमा प्रदर्शन हुँदैछ। उता नेपालमा पनि ‘जार’ले दर्शक र समीक्षकबाट प्रशंसा बटुल्दैछ। काठमाडौंका क्यूएफएक्स र रञ्जना सिनेमाज्जस्ता हलहरूमा पुगेका सौगात मल्ल… पुरा पढौ

गण्डकी कोटिहोम उल्लासमय : कलाकारदेखि आयुक्तसम्मको सहभागिता

पोखरा, वैशाख २७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शुक्रबार विशेष आकर्षणका साथ सम्पन्न भयो। साधु–सन्त, हास्यकलाकार, लोकगायक–गायिकाको उपस्थिति र भक्तजनको उत्साहले कार्यक्रम उल्लासमय बनेको छ। चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली, गायिका समीक्षा अधिकारी, पार्वती जिसीलगायत कलाकारहरूको प्रस्तुति र भजनले धार्मिक वातावरण सजीव बनाएको थियो। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्य प्रमुख अतिथि रहनुभयो। टोखा नगरपालिका प्रशासकीय प्रमुख शेरबहादुर बिसीले आफ्नै भजनको भिडियो विमोचन गर्दै २५ हजार रुपैयाँ दान गर्नुभएको छ। अन्य भक्तजनबाट… पुरा पढौ

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार हुन् : परराष्ट्रमन्त्री डा. आरजु राणा

ललितपुर, वैशाख २८ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका वास्तविक पहरेदार भएको बताउनुभएको छ। नेपाल प्रेस युनियनद्वारा ललितपुरमा आयोजित ‘लोमान्थाङ इन्टरनेसनल मिडिया समिट’लाई आज सम्बोधन गर्दै मन्त्री राणाले भन्नुभयो, “स्वतन्त्र प्रेसले नै प्रजातान्त्रिक शासन प्रणालीको पहरेदारी गर्न सक्छ, त्यसैले प्रेस स्वतन्त्रता विना प्रजातन्त्रको कल्पना गर्न सकिँदैन।” उहाँले वर्तमान समयमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता झनै आवश्यक र महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक, समावेशी र समुन्नत समाज निर्माणको आधार यही भएको बताउनुभयो। “सरकार सधैं… पुरा पढौ

सगरमाथा संवादको अन्तिम तयारीमा नेपाल सरकार: परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करण अन्तिम तयारीको चरणमा रहेको जानकारी दिनुभएको छ। आज परराष्ट्र मन्त्रालयमा ごごसगरमाथा संवाद व्यवस्थापन समितिको बैठक सम्पन्न भयो, जसको अध्यक्षता मन्त्री डा. राणाले गर्नुभएको थियो। बैठकमा उहाँले नेपाल सरकार यो अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रभावकारी र ऐतिहासिक बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। “नेपालले पहिलोपटक यस्तो किसिमको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। यो सम्मेलनलाई एक स्थायी कूटनीतिक फोरमका रूपमा विकास गर्दै हरेक वर्ष आयोजना गर्ने सरकारको निर्णय भइसकेको… पुरा पढौ

राष्ट्रपति निवासमा अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं, आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निवास शीतल निवासमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। शीतल निवास स्रोतका अनुसार, भेटवार्तामा हाल देशमा उत्पन्न भएको राजनीतिक अवस्था, गठबन्धन सरकारभित्रको समन्वय, आगामी राजनीतिक कार्यदिशा तथा संवैधानिक प्रक्रियाहरुबारे छलफल भएको जनाइएको छ। प्रचण्ड र राष्ट्रपति पौडेलबीचको यो भेटलाई पछिल्ला राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ। केही दिन यता राजनीतिक दलहरूबीचको संवाद र समन्वयलाई तीव्र बनाउने प्रयास भइरहेका बेला यो भेटलाई… पुरा पढौ

कोटिहोममा भक्तजनको घुइँचो, भोलि समीक्षा अधिकारीको विशेष प्रस्तुति

पोखरा, वैशाख २६ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा दैनिकजसो भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ। “जे जसले सक्छ, त्यो त्यहीँ दान” भन्ने भावनासहित भक्तजनले आर्थिक सहयोगदेखि दैनिक सामग्रीसम्म योगदान गरिरहेका छन्। गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्चराम गुरुङले ५१ हजार रुपैयाँ, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, र राधिका खत्रीले २५ हजार २५ रुपैयाँ कोटिहोममा दान गरेका छन्। महायज्ञमा वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिले “शास्त्र हराए संस्कार हराउँछ” भन्दै हिन्दू राष्ट्रको वकालत गर्दै मन्तव्य दिएका थिए। विशेष… पुरा पढौ

वर्षा शिवाकोटीको प्रवेशसँगै ‘महाराजधिराज’ मा स्टार कलाकारको भीड

काठमाडौं ।बैशाख २६ चलचित्र महाराजधिराज मा कलाकार अनुबन्धको क्रम जारी छ। बलियो स्टार कास्ट बनाउने लक्ष्यका साथ निर्माण पक्षले नायिका वर्षा शिवाकोटीलाई अनुबन्ध गरेको छ। यसअघि आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह अनुबन्ध भइसकेका थिए। वर्षाको प्रवेशसँगै चलचित्रमा स्टार कलाकारहरूको बाक्लो उपस्थिति देखिएको छ। यसले दर्शकहरूमा चलचित्रप्रति उत्साह थपेको छ। चलचित्रमा जय किशन बस्नेत पनि महत्वपूर्ण भूमिकामा देखिने निश्चित भइसकेको छ।महाराजधिराज लाई निर्देशक परिच्छेद सेनले निर्देशन गर्दै छन्। चलचित्रको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ र फिल्म यस वर्षको… पुरा पढौ