समाचार

के घर के डेरा : घर नं २’ सेन्सरमै रुवाबासी, सबै उमेरका लागि हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट प्राप्त

काठमाडौं — निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्। सेन्सर बोर्डमा चलचित्र प्रदर्शन हुँदा केही भावनात्मक दृश्यहरूले सदस्यहरूलाई नै भावुक बनाएको थियो। कतिपयले आँखा रसाएका थिए। एक सदस्यले भने, “धेरै समयपछि मौलिक भावनाले भरिएको नेपाली सिनेमा हेर्न पायौं, केही दृश्यले मन छोयो।” बुद्धिसागरको कथामा आधारित यस फिल्मले घर र डेराको परिवेशमा जीवनका अनुभवहरू… पुरा पढौ

‘जनै हराएको बाहुन’को छायांकन सकियो, विजय बराल भन्छन् – “धेरै ‘भयङ्कर मान्छे’सँग काम गरें”

काठमाडौं — चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को ३५ दिने छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप कार्यक्रम गरी जानकारी दिएको हो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिको जीवनमा आएका परिवर्तन र आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्छ। निर्देशक न्यौपानेका लागि यो डेब्यु निर्देशन हो। सशक्त स्टारकास्ट रहेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको प्रमुख भूमिका छ। अभिनेता बरालले कार्यक्रममा भने, “यो… पुरा पढौ

बागलुङमा शिक्षक संघको ३६औं स्थापना दिवस, उत्कृष्ट १४ विद्यार्थी नगदसहित सम्मानित

राजेशचन्द्र राजभण्डारीबागलुङ, वैशाख ३० नेपाल शिक्षक संघ, बागलुङले आफ्नो ३६औं स्थापना दिवसको अवसरमा जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १४ जना कक्षा ८ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। विद्यार्थी र अभिभावकमाझ सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यसहित संघले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाबाट स्थानीय तहमा उत्कृष्ट अंक प्राप्त गरेका १४ जना विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ र सम्मान–पत्रसहित विद्यालयमै पुगेर सम्मान गरेको हो। बागलुङ नगरपालिकातर्फबाट श्री रूद्रेपिपल माध्यमिक विद्यालयकी कक्षा ८ की विपिशा परियारलाई उत्कृष्ट नतिजा ल्याएको भन्दै नगदसहित पुरस्कृत… पुरा पढौ

‘शिवांश : च्याप्टर–१’को छायांकन पोखराबाट सुरु, फलामको साङ्लोमा बाँधिएका नायक

काठमाडौं —बैशाख ३० पछिल्लो समय नेपाली चलचित्रमा फरक स्वाद र शैली ल्याउने प्रयास भइरहेका बेला नयाँ चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन विधिवत रूपमा सुरु भएको छ। पोखराको लामाचौरस्थित ऐतिहासिक अकला मन्दिरमा पूजा अर्चना गरेर शुभ साइतमा छायांकन सुरु गरिएको हो। निर्देशक सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन रहेको यो चलचित्र अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति हो। चलचित्रका निर्माता अञ्जान केसीका अनुसार पोखराका विभिन्न स्थानमा करिब एक महिनासम्म छायांकन चल्नेछ। कथा पनि उनी स्वयंले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस… पुरा पढौ

“कल्ले लान्छ र मलाई” सार्वजनिक, आशा बिसीको स्वरमा राजु परियारको शब्द–संगीत

काठमाडौं –बैशाख २९नेपाली लोकदोहोरी संगीतको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ। युट्युब लगायत डिजिटल प्लेटफर्महरूमा धमाधम गीतहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा चर्चित गायिका आशा बिसीको सुमधुर स्वरमा “कल्ले लान्छ र मलाई” बोलको गीत सार्वजनिक भएको छ। प्रेम र पिरतीका भावनालाई समेटिएको यस गीतमा लोकप्रिय गायक राजु परियारको शब्द र संगीत सुन्न सकिन्छ। गायक परियारकै लयमा आशा बिसीले एकल गायन गरेकी छन्, जसले गीतलाई अझै भावपूर्ण बनाएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गीतको म्युजिक भिडियोमा जुना विश्वकर्मा… पुरा पढौ

प्रचण्डको चेतावनी : “कर्णालीमाथि अपमान सहिंदैन, समाजवादी गणतन्त्रका लागि संघर्ष जारी रहने”

सुर्खेत, वैशाख २९ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमाथि हालको सरकारले देखाएको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाउँदै, “कर्णालीमाथि अपमान र अन्याय सहिंदैन” भन्ने चेतावनी दिएका छन्। सोमबार सुर्खेतमा सुरु भएको वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी गणतन्त्र निर्माणका लागि माओवादी अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे। “कर्णाली जनयुद्धको ऐतिहासिक भूमि हो। यहाँका जनतालाई राज्यले विभेद गर्दै आएको छ, त्यसविरुद्ध फेरि एकजुट हुनुपर्ने समय आएको छ,” उनले भने। उनले वर्तमान सरकार ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर जनताको… पुरा पढौ

सहरको माटोमा टेकेको मौलिक कथा लिएर ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा

काठमाडौं – नेपाली सिनेमा प्रायः गाउँले परिवेशमा आधारित हुने गरेको पाइन्छ। तर, यो सोचलाई तोड्दै निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ सहरको माटोमा टेकेको मौलिक कथासँगै जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रका निर्देशक तथा कलाकारहरूले सहर पनि नेपाली कथा भन्न सक्ने मौलिक थलो भएको स्पष्ट पारेका छन्। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले फिल्मका कथा, विचार र सन्देशबारे धारणा राखे। गाउँ मात्र होइन, सहर… पुरा पढौ

उभौली पर्वको अवसरमा शुभकामना सन्देश : सामाजिक न्याय र सांस्कृतिक पहिचानको उत्सव

काठमाडौँ, बैशाख २९ – किराँत समुदायको मौलिक पर्व उभौलीको अवसरमा किराँत समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ। सन्देशमा भनिएको छ, “उभौली प्रकृतिसँग सहअस्तित्व, श्रमशील जीवनशैली र सामाजिक सन्तुलनको सांस्कृतिक उत्सव हो। यस पर्वले हामीलाई परिवर्तनलाई आत्मसात् गर्दै सामाजिक न्याय, पहिचानको सम्मान र अधिकारको संरक्षणतर्फ अग्रसर हुन उत्प्रेरित गर्दछ।” नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, धार्मिक स्वतन्त्रता, भाषा र संस्कृतिको अधिकारलाई यस्ता पर्वहरूले थप जीवन्त बनाउने सन्देशमा उल्लेख छ। सन्देशमा… पुरा पढौ

बुद्ध जयन्ती विद्रोह, रूपान्तरण र शान्तिको प्रेरणा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्तीलाई धार्मिक वा सांस्कृतिक उत्सव मात्र नभई सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणाको स्रोतको रूपमा लिनुपर्ने बताएका छन्। गौतम बुद्धको २५६९औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बौद्ध दर्शन आजको समाजमा पनि न्याय, समानता र समावेशीताको मार्गदर्शक बनेको उल्लेख गरेका छन्। “बुद्धको शिक्षाले विविधतायुक्त नेपाली समाजमा राष्ट्र निर्माण र राष्ट्रिय एकता हासिल गर्न पहिचानको सम्मान आवश्यक छ भन्ने पाठ सिकाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने। उनले क्रान्ति र शान्ति परस्पर विरोधी नभई परिपूरक… पुरा पढौ

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु, भोलि लिङ्देनको उपस्थिति

पोखरा — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन आइतबारदेखि सुरु भएको छ। उनले आगामी जेठ ३ गतेसम्म कथा वाचन गर्नेछन्। शनिबार वाल्मीकि श्रीरामकथा वाचक पं. पराकुशजीको विदाइसँगै दिनबन्धुको प्रवेश भएको हो। भोलि बुद्ध पूर्णिमाको अवसरमा भव्य कार्यक्रम गरिँदै छ, जसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहनेछ। हिन्दू, बौद्ध, किरातलगायत धर्मगुरुहरू, सांस्कृतिक प्रस्तुति तथा प्रवचन कार्यक्रम समावेश गरिनेछ। महायज्ञका संकल्पकर्ता विजयश्री कृष्णमूर्ति जी महाराजले धर्मलाई समन्वयको प्रतीकका रूपमा व्याख्या गरेका छन्।… पुरा पढौ