समाचार

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा सम्पन्न भएको छ। कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य र IWC बुद्धनगरकी इन्दिरा प्रधानाङ्ग विद्या बज्राचार्यले नेवारी नृत्य प्रस्तुत गर्नुभएको थियोे । चेयरम्यान कमला श्रेष्ठले बैठक… पुरा पढौ

इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन शुरू

काठमाडौं ।फागुन २ इनर ह्वील डिस्ट्रिक्ट ३५० को १२औँ जिल्ला सम्मेलन २०२५/२६ १४ फेब्रुअरी २०२६ मा थापाथलीस्थित आरम्भा, ब्लु बर्ड कम्प्लेक्समा शुरू भएको छ । कार्यक्रमको सुरूवात झण्डा मार्चबाट गरिएको जसमा जिल्ला अध्यक्ष, राष्ट्रिय प्रतिनिधि, विभिन्न पदाधिकारी, बोर्ड सदस्य तथा क्लब अध्यक्षहरू झण्डासहित सहभागी हुनुभएको कार्यक्रममा इनर ह्वीलको गीत पृष्ठभूमिमा बजाइएकाे थियो ।सम्मेलनमा पञ्चकन्याद्वारा स्वागत जिनित राई (IWC ललितपुर) द्वारा गणेश वन्दनासहित स्वागत नृत्य प्रस्तुति गर्नुभएको थियो । जिल्ला अध्यक्ष कमला श्रेष्ठले बैठक प्रारम्भको घोषणा गर्नुका साथै आफ्नो कार्यकालमा भएको… पुरा पढौ

बागलुङ-२ मा संयुक्त वाम उम्मेदवार ज्ञामनाथ गैरेको जनभेटघाट तथा घरदैलो कार्यक्रम वडिगाडमा सुरु

बागलुङ-२ मा नेकपा र राजमोका संयुक्त वाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को जनभेटघाट तथा घरदैलो कार्यक्रम वडिगाडमा सुरु भएको छ। शुक्रबार निगलपानी, गंगरे र दर्लिङबाट कार्यक्रम प्रारम्भ गरिएको हो। यसअघि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका सबै वडामा जनभेटघाट उत्साहपूर्ण रूपमा सम्पन्न भइसकेको छ। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य राजीव घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेल, नेकपाकी कुशुम बुढा लगायतको टोली सहभागी रहेको छ। पुरा पढौ

विद्यालय भ्यान दुर्घटना छानबिन गर्न समिति गठन

बागलुङ । बिहीबार बागलुङ नगरपालिका–३ हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ।  शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा बनेको समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर कुँवर, यातायात व्यवस्था कार्यालय बागलुङका मेकानिकल इञ्जिनियर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्मा, पीडित पक्षबाट प्रिया किसान र कुशल बोहरा तथा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का तर्फबाट दल थापा सदस्य रहेका छन्। … पुरा पढौ

संघर्ष जारी छ, अबको ‘युद्ध’ उत्पादन र समृद्धिका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि केन्द्रित हुने बताउनुभएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–२, खाबाङ बगरमा आयोजित ३०औँ जनयुद्ध दिवस कार्यक्रममा सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गर्नुभयो। “जेन जी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्,” उहाँले भन्नुभयो, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ।” संविधान जारी भएको… पुरा पढौ

स्कुल भ्यान दुर्घटनामा ज्यान गुमाएका छात्रप्रति बागलुङ नगरपालिकाको श्रद्धाञ्जली

बागलुङ, माघ २९ — बागलुङ नगरपालिका–३हाडेपाखामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको निधन भएको घटनाप्रति बागलुङ नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षर गरिएको शोक विज्ञप्ति जारी गरेको छ । नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२ माघ २९ गते बिहान करिब ८:३० बजे भएको उक्त दुर्घटनामा परी न्यू एभरेष्ट एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छात्र अमन बोहराको दुःखद निधन भएको हो। नगरपालिकाले दिवंगत छात्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। विज्ञप्तिमा… पुरा पढौ

विद्यालय भ्यान दुर्घटनाप्रति शोक व्यक्त, आज बागलुङका निजी विद्यालयमा शोक बिदा

बागलुङ । बागलुङ नगरपालिका–१, रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीको स्कुल भ्यान दुर्घटनामा एक विद्यार्थीको निधन भएपछि बागलुङका निजी विद्यालयले शोक व्यक्त गर्दै आज शोक बिदा दिएका छन्। माघ २९ गते दिउँसो करिब ४:३० बजे बागलुङ नगरपालिका–३, हाडेपाखामा विद्यालयबाट विद्यार्थीलाई घर पुर्‍याउने क्रममा भ्यान दुर्घटना भएको थियो। दुर्घटनामा भ्यानमा सवार विद्यार्थी, शिक्षक र चालक घाइते भएका थिए भने एक विद्यार्थी अमन बोहोरा को उपचारका क्रममा निधन भएको जनाइएको छ। उक्त दुःखद घटनाप्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागलुङ, नेशनल प्याब्सन… पुरा पढौ

समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प

नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्न अभियान सञ्चालन गर्ने घोषणा रुकुम पूर्व, फागुन १ पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गर्नुभएको छ। जनयुद्धको सुरुआतस्थल मानिने आधार इलाका रुकुम पूर्वमै दिवस मनाउँदै उहाँले जनयुद्धका स्मृतिहरू ताजा भएको बताउनुभयो। “यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा ती सबै स्मरणहरू ताजा भएर आएका छन्,” उहाँले भन्नुभयो, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ।” उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा… पुरा पढौ

विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना : एक जनाको मृत्यु, छ जना पोखरा रिफर (नामसहित)

बागलुङ । बागलुङ नगरपालिका–३ रात्माटामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा घाइते भएका २६ जनामध्ये अमन बोहोराेको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २५ जनामध्ये ६ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो। धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचाररत घाइतेहरूमा अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमंग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या… पुरा पढौ

बागलुङमा स्कुल भ्यान दुर्घटना, २३ विद्यार्थी अस्पतालमा भर्ना, ३ जनाको अवस्था गम्भीर

बागलुङ, माघ २९ — बागलुङ नगरपालिका–३ शिवधारा चोकस्थित भित्री सडक खण्डमा आज अपराह्न स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अपराह्न करिब ४:३० बजे बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग३च ८६२१ नम्बरको स्कुल भ्यान विद्यार्थीहरूलाई रातामाटा तर्फ घर छाड्न जाँदै गर्दा सडकबाट करिब ५०/६० मिटर तल खसेको हो। दुर्घटनामा भ्यानमा सवार कति विद्यार्थी थिए भन्ने यकिन विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हालसम्म २३ जना घाइते विद्यार्थीलाई धौलागिरी प्रादेशिक… पुरा पढौ