बागलुङ, साउन १७ जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, शाखा कार्यालय बागलुङको समन्वयमा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, तनाव व्यवस्थापन तथा खुसीयालीपूर्ण जीवनका रहस्य विषयक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईसहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ब्रह्माकुमार ऋषिराम न्यौपानेले प्रेरणादायी प्रशिक्षण प्रदान गर्दै सकारात्मक सोच, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, कार्यस्थलमा अनुशासन र टिमवर्कको महत्वबारे प्रकाश पारेका थिए। उनले व्यस्त र चुनौतीपूर्ण सेवामा कार्यरत प्रहरी कर्मचारीहरूले आफ्नो मानसिक…
पुरा पढौ