अम्टारीमा बाँदरको आतंक, घरआँगनदेखि खेतबारीसम्म क्षति

-


     सुजन आचार्य     
     मंसिर ३ गते २०८३ मा प्रकाशित


बागलुङ । जैमिनी नगरपालिका–१ स्थित अम्टारी क्षेत्रमा बाँदरको बिगबिगी बढ्दै गएको छ। बाँदरले घरआँगनमा प्रवेश गरी खानेकुरा नष्ट गर्ने तथा घरमा राखिएका खाद्यान्नसमेत खाइदिने र छरपस्ट पार्ने गरेपछि स्थानीयवासी हैरान भएका छन्।

बाँदरको समस्या घरआँगनमा मात्र सीमित छैन। खेतबारीमा लगाइएका अन्नबाली तथा फलफूलसमेत बाँदरबाट जोखिममा परेका छन्। किसानले दुःख गरेर उत्पादन गरेको कृषि उपज जोगाउनसमेत कठिन हुँदै गएको स्थानीयको गुनासो छ।

बाँदर बस्ती र घरभित्रै प्रवेश गरेर खानेकुरा नष्ट गर्न थालेपछि स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको छ। बाँदरको समस्या दिनप्रतिदिन बढ्दै जाँदा यसको दीर्घकालीन समाधान कसले गर्ने भन्ने प्रश्नसमेत उठ्न थालेको छ। नागरिकले आफ्नो घरआँगन र खेतबारीको सुरक्षा आफैँले मात्रै कति समय गर्ने भन्ने स्थानीयको चिन्ता छ।