बागलुङ, मंसिर ४ । राष्ट्रिय कर सप्ताह–२०८३ को अवसरमा बागलुङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, कर दाखिला प्रक्रिया, कर छुट तथा पछिल्ला नीतिगत सुधारबारे जानकारी गराइएको थियो। मंसिर १ गतेदेखि सुरु भएको राष्ट्रिय कर सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा सहजीकरण गर्दै कर अधिकृत राजन सापकोटाले सरकारले हालै ल्याएको आर्थिक विधेयक, २०८३ मार्फत करको दायरा विस्तार, नयाँ राजस्वका प्रावधान तथा…
पुरा पढौ