काठमाडौं, २९ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको साझा समृद्धिको आधार संयुक्त साझेदारी र बहुआयामिक कनेक्टिभिटी रहेको बताउनुभएको छ। नेपाल–भारत रणनीतिक संवाद विषयक कार्यक्रममा आज काठमाडौंमा बोल्दै मन्त्री डा. राणाले व्यापार, पारवहन, लगानीलगायतका क्षेत्रलाई जोड्दै आर्थिक साझेदारीलाई कनेक्टिभिटीमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “म त्यो भविष्यको कल्पना गर्छु, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बई पुग्छ, र एक भारतीय पर्यटक बिहान दिल्लीमा बैठक सकेर साँझ पोखरा उत्रन्छ,” उहाँले भन्नुभयो, “यस्तो निकटता दुई देशका नागरिकको समृद्धिको आधार बनोस्।”…
पुरा पढौ