प्रचण्डलाई सहिद परिवारको निर्वाचन सहयोग

-


     हिडन खबर    
     फागुन ७ गते २०८२ मा प्रकाशित


रुकुम पूर्व, ७ फागुन

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन्। मतदाता भेटघाटका क्रममा सिस्ने–८, धपे पुगेका प्रचण्डलाई सहिद परिवारले संयुक्त रूपमा १ लाख ५०५ रुपैयाँ निर्वाचन परिचालनका लागि सहयोग गरेका हुन्।

बुधबार धपेमामा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका पिता पदमबहादुर पुनले सहिद परिवारको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। सिस्ने गाउँपालिका–८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका थिए।

रुकुमपूर्वका प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले उक्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गर्नुभयो।

जनभेटघाटमा प्रचण्डले सहिद परिवारको सहयोग साङ्केतिक भए पनि अत्यन्तै शक्तिशाली रहेको उल्लेख गर्दै सबै परिवर्तन सहिदको बलिदानबाट सम्भव भएको बताए। उहाँले सहिद तथा उनीहरूको परिवारप्रति सम्मान व्यक्त गर्दै सहिद परिवारलाई विशेष सम्मानसमेत गर्नुभयो।