समाचार

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र सङ्कल्प सार्वजनिक

काठमाडौँ, ६ चैत : सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताउनुभयो । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,”… पुरा पढौ

जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम शीघ्र सम्पन्न हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन… पुरा पढौ

सुशासनको सवालमा कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने… पुरा पढौ

लक्की मिडिया हाउसले चैते दसैँमा बागलुङमा सांस्कृतिक कार्यक्रम गर्ने

चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभएकाे छ । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिनुभयो । लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा… पुरा पढौ

रूकुम बाट काठमाडौ जादै गरेको बस दुर्घटनामा ९ जनाको मृत्युु २६ जना घाइते

बागलुङ / बागलुङ जिल्ला निसीखोला गाउँपालिका वडा नम्बर ०६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नं. को बस सडक देखी अ. १५० मिटर तल खस्दा दुर्घटना,भइ ९ जनाको मृत्युु भएको छ । दुर्घटना परेर मृत्यु हुनेहरूमा ,जिल्ला दाङ बस्ने बर्ष १८ को लक्कि पुन मगर उपचारको क्रममा ऐ. २१:५० बजे मृत्यु ।जिल्ला पश्चिम रुकुम मुसिकोट न.पा. ०१ बस्ने वर्ष २७ की विनिता के.सी. उपचारको क्रममा मृत्यु भएको ।जिल्ला रुकुम पश्चिम मुसिकोट… पुरा पढौ

बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ९ पुग्यो २९ जना घाइते

बागलुङ जिल्ला निसीखोला गा.पा ०६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नं. को बस सडक देखी अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना हुदा ,बसमा सवार ३८ जना यात्रु मध्ये ७ जनाको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उपचारको क्रममा थप २ जनाको मृत्यु भइ मृत्युु हुनेकाे संख्या ९ जना पुगेको छ २७ जनालाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङवाट धौलागिरी अस्पताल पठाईएको छ ।घाइतेहरूकाे अवस्था गम्भिर… पुरा पढौ

बागलुङको निसिखोलामा बस दुर्घटना ७ जनाको मृत्यु २५ जना घाइते

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बताए । बसमा सवार २५ जना घाइते मध्ये अधिकांसको अवस्था गम्भीर रहेको निरिक्षक विकले बताए… पुरा पढौ

रूकुम बाट काठमाडौ जादै गरेको बस बागलुङको निसीमा दुर्घटनामा घाइतेकाे उद्वार जारी

बागलुङ / बागलुङ जिल्ला निसीखाेला गाउँपालिका वडा ।नम्बर ६ जाउलेपानीमा रूकुमबाट काठमाडौ जादै गरेको बस दुर्घटना भएको छ । मध्यपहाडी लाेकमार्ग स्थित निसीखाेला ६ जाउलेपानीमाबागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडक देखि अन्दाजी १५० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटना घटेको लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङकाप्रहरी निरिक्षक राजकुमार विकको कमाण्डमा १६ जनाको प्रहरी टोली खटि घटना स्थलमा पुगी घाईतेहरुको उद्धार कार्य भई रहेको सुचना अधिकारी मदन केसीले बताए ।हाल… पुरा पढौ

रूकुम बाट काठमाडौ जादै गरेको बस बागलुङको निसीमा दुर्घटनामा १६ जना घाइते

बागलुङ / बागलुङ जिल्ला निसीखाेला गाउँपालिका वडा ।नम्बर ६ जाउलेपानीमा रूकुमबाट काठमाडौ जादै गरेको बस दुर्घटना भएको छ । मध्यपहाडी लाेकमार्ग स्थित निसीखाेला ६ जाउलेपानीमाबागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडक देखि अन्दाजी १५० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटना घाइते भएका यात्रुहरूको नाम भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ पुरा पढौ