सुनचाँदीकाे मुल्य घट्यो

-


     हिडन खबर    
     श्रावण ६ गते २०८१ मा प्रकाशित


काठमाडौं – सातको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।