
बागलुङ ।श्रीरङ्गवेङ्कटेशमुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुलेफेदीम बागलुङमा यहीँ श्रावण ८ गतेदेखि १० गतेसम्म श्रीश्रीधराचार्य अवताराेत्सव २०८१ भब्य रूपमा मनाउने भएको छ ।
श्रीश्रीधराचार्य त्रिदण्डी रामनुज जीयर स्वामीजी महाराजकाे
८५ आैं जन्मनक्षेत्रकाे पाबन अवसरमा यहीँ श्रावण ८ गतेदेखि १० गतेसम्म ३ दिने अवताराेत्सवकाे आयोजना गरिएको ऋषि स्वामी प्रपन्नाचार्यले बताए ।
श्रावण ८ गते श्रीमद्भागवतगीता श्रीभाष्यादि ग्रन्थको पारायण एवम् प्रवचन श्रावण ९ गते पाठ प्रवचन एवम् निशुल्क आँखा शिविर श्रावण १० गते श्री १००८ केशवाचार्य स्वामीजी महाराजलाई अभिनन्दन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।









