बिधालयमा खानेपानी ल्याउन अभिभावकको जनश्रमदान

-


     हिडन खबर    
     श्रावण ३ गते २०८१ मा प्रकाशित


बागलुङ / पछिल्लो समय नेपाली समाजमा अर्म, पर्म, चौतारी पोखारी पाटी पौवा बनाउने समुहमा काम गर्ने तथा कसैको काममा सबैले सहयोग गर्ने चलन बिस्तारै लोप हुँदै गइरहेको समयमा बिद्यालयमा खानेपानी ल्याउन जनश्रमदानमा अभिभावक जुटेका छन् ।

बागलुङ नगरपालिका ५ स्थिति श्री कृष्ण आधारभूत बिधालयका अभिभावकहरू नगरपालिकाले दिएको बजेटले खानेपानी योजना सम्पन्न गर्न नसकिएपछी आफै श्रमदानमा जुटेका हुन् ।

सेवाक्षेत्र भित्रका ४२ घरपरिवारले बिहान बेलुका नभनी बिबिधालयमा खानेपानी ल्याउन अभिभावकहरू बिधालयमा पानि ल्याउन लागि परेको बिधालयका शिक्षक घनश्याम रिजालले बताए ।

बालमैत्रि खानेपानी योजनाको बाकी सबै अभिभावकहरु एकजुट भएर आफ्ना घरायसी कामकाज छडेर श्रमदानमा स्वेच्छाले लाग्नु अहिलेको समयमा निकै राम्रो कार्य रहेको रिजालको भनाइ छ।

पाइपलाइन खन्ने र पुर्ने काममा बिधालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघ, सल्लाहकार समितिको भुमिका पनि अतुलनीय रहेको छ उमेरले निकै पुराना देखि महिला केताकेटी सबै कम्मर कसेर लागेका छन् ।

करोडौ बजेटको अपचलन गर्ने, ठगी गर्ने भ्रस्टाचार गर्ने, असारको अन्तिममा आएर बजेट स्वाहा गर्ने सबैका लागि श्री कृष्ण आधारभुत बिधालयको यो सक्रियता र निशुल्क बिकाश निर्माणमा लाग्ने कार्य अनुकरणीय भएको स्थानीयकाे भनाइ रहेको छ ।