बागलुङमा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला

-


     हिडन खबर    
     श्रावण ८ गते २०८१ मा प्रकाशित



बागलुङ श्रावण ८

बागलुङ / प्रहरी चाैकी खर्वाङ बागलुङले ५ नाल बेवारिसे भरूवा बन्दुक फेला पारेको छ ।

श्रावण ७ गते बागलुङ जिल्ला वडिगाड गाउँ पालिका वडा नम्बर ३ ताराङ्जा देउराली स्थित माेटरेवल कच्चि बाटो देखि ५ मिटर तल जंगलमा भरूवा बन्दुक रहेको सुचनाकाे आधारमा प्रहरी टाेली गएर हेर्दा साबुत २,बेसाबुत ३ गरि जम्मा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।

घटनास्थलकाे प्रारम्भिक अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोलिले उक्त हतियार को कस्ले राखेको नखुलेको अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी यादवले बताए ।