समाचार

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभयो । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,” अध्यक्ष प्रचण्ड भन्नुभयो, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।” नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन… पुरा पढौ

बागलुङ एमाले नेतृत्वको लागि ४ जनाकाे दाबी कायमै

बागलुङ/ नेकपा एमाले बागलुङको आगामी १० आ‌ैं जिल्ला  अधिवेशनको लागि नेताहरुको दौडदुप शुरु भएको छ ।एमाले अध्यक्ष केपी शर्मा आ‌ेलीले चैत २९ गते उद्घाटन हुने भएको कारणले पनि यसपटक अधिवेशन अझै राेचक हुने देखिन्छ ।त्यहीँ भएरपनि एमाले नेतृत्वका लागि अहिलेसम्म मुख्य ४ जनाको चर्चा रहेको छ । वर्तमानका अध्यक्ष हिरा बहादुर केसी, पूर्व अध्यक्ष जनक पौडेल र सचिव विष्णु प्रसाद भुषाल र हरिनारायण गाैतमले नेतृत्वका लागि दावेदारी प्रस्तुत गर्नु भएको छ । एमाले जिल्ला अध्यक्ष केसी वर्तमान कार्यकाल छोटो भएकाले… पुरा पढौ

संवैधानिक परिषद्काे बैठक बालुवाटारमा शुरू

काठमाडौं / नयाँ गठबन्धन अनुसार सरकार गठन भएपछिसंवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरू भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक शुरू भएको छ ।समसामयिक बिषयमा छलफल हुने जनाएको छ । पुरा पढौ

शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण हुँदै

बागलुङ/ बागलुङ नगरपालिका वडा नम्वर – ४ कुडुले फेदी स्थित श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिर शालग्राम संग्रहालय परिसरमा स्वामी श्रीपरांकुशाचार्य मण्डप निर्माण कार्य भइरहेको छ । सनातन बैदिक धर्म प्रचारप्रसारमा महत्वपुर्ण योगदान पुर्याउनुभएका अनन्तश्री विभूषित शठकोप यतिराज रामानुजीयर १ हजार ८ स्वामी परांकुशाचार्यको सम्मान स्वरुप श्री पराङकुशाचार्य मण्डप निर्माण गर्न लागेको श्री रंङ्ग वैकटेस मन्दिर तिरुपती बालाधीधाम मुक्तिनाथ वेद विद्याश्रम व्यवस्थपन समितिले जनाएको छ । गण्डकी प्रदेस सरकार तथा समाजसेवी आनन्दराज भण्डारीको आर्थिक सहयोगमा मण्डप निर्माण कार्यको थालनी गरिएको शालग्राम संग्रहालयका परिकल्पनाकार… पुरा पढौ

बालुवाटारमा ३ शीर्ष नेता बिच भेट

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताको बैठक, बालुवाटार शुरू भएको छ । बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा नेपाली कांगेसका सभापति शेरबहादुर देउवा ,नेकपा एमाले अध्यक्ष केपी शर्मा आ‌ेली सहभागी भएका छन् ।समसामयिक बिषयमा छलफल हुने छ । पुरा पढौ

सामुदायिक बिद्यालयमा बिद्यार्थी भर्ना गराउन घर दैलाे अभियान

बागलुङ ।सामुदायिक बिद्यालयमा गुणस्तरीय पढाइ हुदैन भन्ने कुरालाई चिर्दै केही बर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बागलुङ नगरपालिकाकाे एक बिद्यालयले शैक्षिकसत्र २०८१ काे नयाँ भर्नाको लागि नयाँ उत्साह साथअगाडि बढेको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा रहेको श्री कृष्ण आधारभुत बिधालयले सेवा क्षेत्रभित्रका सम्पुर्ण घर घरमा पुगेर घर दैलो कार्यक्रम संचालन कार्यक्रम शुरूवात गरेको छ । बिधालयमा कार्यरत शिक्षक कर्मचारी, बिधालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त पहलमा विद्यार्थी तथा सरोकारवालाको घर घरमा पुगेरआफ्नो छाेराछाेरी बिद्यालयमा भर्ना… पुरा पढौ

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताउनुभयो । “सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी… पुरा पढौ

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भन्नुभयो, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ,… पुरा पढौ

पोखरामा बस दुर्घटना, तस्वीर सामाजिक संजालमा भाइरल

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका -२७  अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथकाे आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । पाेखरामा अचम्म संग भएको बस दुर्घटनाकाे बसको तस्बिर भने यतिबेला सामाजिक संजालमा भाइरल हुन पुगेको छ । पुरा पढौ

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ । महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले आज बालुवाटारमा गर्नुभएको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताउनुभयो । जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र… पुरा पढौ